Skip to content
LAXMI SUNRISE BANK

नारायणगढ-मुग्लिनको पहिरो हटाएपछि सवारी आवागमन सुचारु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

चितवन –  शुक्रबार दिउँसो पहिरो गएदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।  ठाउँ–ठाउँमा पहिरो गहिरहदा गाडी चल्न निकै गार्ह्रो अवस्था सिर्जना भएको थियो तर सडक आइतबार साँझ   पहिरो हटाएपछि यात्राको क्रम सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्ड अन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK