
- नरेन्द्र चुदाली
आर्थिक बर्षको अन्त्यसँगै सुचिकृत कम्पनीहरुका बित्तीय विवरणहरु आउने क्रम जारी रहेकै बेला पुजि बजार भने मन्द गतिमा देखिएको छ । बिगतको प्रवृत्तिलाई हेर्दा सामान्यतया सेयर बजारको लागि सिजन मानिने बर्तमान समयमा बजारले सकारात्मक गति लिएको देखिन्छ ।
भदौ र आस्विन मा पिक लिनुपर्ने बजारमा आबस्यकता अनुसार माग सृजना भएको देखिदैन । बजार १६०० बिन्दु नजिक आएको छ भने कारोबार रकम समेत औसत देखिएको छ । उपत्यका बाहिर विभिन्न सहरमा ब्रोकर शाखा पुग्दा समेत अहिले देखिएको कारोबार रकममा सन्तुष्ट हुने अबस्था देखिदैन।सुचिकृत सस्थाहरुका बित्तीय विवरणहरु पनि सकारात्मकनै आइरहेका छ्न भने पुजि वृद्धिको तुलनामा बैंकिङ समुहको प्रतिसेयर आम्दानि पनि खस्किएका छन् ।
केही समय आगाडी तरलता अभावमा बजार प्रभावित भए पनि अहिले तरलता अभावको स्थिति पनि देखिएको छैन। कम्पनीहरुको रिटर्नको लागि लामो समय कुर्नु नपर्ने यो समयमा पनि बजार मन्द हुनुमा त्यस्तो खास कारण भने देखिदैन। विशेषगरि हकप्रद बोनस तथा एफपिओ सेयर हरु सुचिकृत हुनेक्रम तिब्र बन्दै गइरहेकोले बजारमा आपुर्तीको चाप बढेको देखिन्छ।त्यसको अलावा अल्पकालीन कारोवारीहरु हावी हुदा बजारमा आपुर्ती बढी देखिन्छ । भने ब्याजदर सोचे अनुरुप नघट्दा लगानीकर्ताहरु कर्जा लिएर लगानी गर्न केही हच्किएका छ्न ।
यद्यपि बजारमा आगामी दिन सकारात्मक हुने लक्षण देखिएको र बजारमा सेयर मूल्य औसतमा सस्तो देखिएकाले यो समय लगानीको निम्ति उपयुक्त देखिन्छ ।केन्द्रिय र प्रन्तिय चुनावको मिति तोकिसकिएको , अनलाइन ट्रेडिङको प्रक्रिया अगाडि बढेको , तथा बजारको बिकाश बिस्तार र बिबिधिकरणका कार्यहरुमा सरोकारवाला केही गम्भीर भएकोले बजारको आगामी भबिस्य सकारात्मक नै देखिन्छ ।
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्