×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमजोर सेन्टिमेण्टले पूँजी बजारमा अनावश्यक उतावचढाव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कमजोर सेन्टिमेण्टले पूँजी बजारमा अनावश्यक उतावचढाव

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • नरेन्द्र चुदाली

हुन त पूँजी बजार सधै यथाअबस्थामा रही रहने कुरा होईन। उतावचढाव आउनु यसको सुन्दरता होे। त्यही उतावचढाव लाई  नै लगानिकर्ताहरुले मुनाफा आर्जनको अवसरको रुपमा परिणत गर्ने हो। बजारमा सेयर घटबढ हुनुमा धेरै कारक तत्वहरुले भुमिका खेलेको हुन्छन् । 
माग र  आपुर्ती ,सुचीकृत संगठित कम्पनिहरुको वित्तिय अबस्था,ब्यावस्थापकिय पक्ष, वासलात,लाभाम्सं दिने ट्रेण्ड,प्रतिसेयर आम्दानी ,नेटवर्थ लगायत देशको आर्थिक निती तथा राजनैतीक रुपमा भईरहने परीवर्तन आदीले बजारमा बढ्न वा घट्नलाई भुमीका खेलेको हुन्छ । 
यसमा लगानिकर्ताहरुको मनोविज्ञानले पनि धेरै हदसम्म प्रभाव पारिरहेको हन्छ । तर जब बजारमा देखीने उतावचढावमा कुनै त्यस्तो कारक तत्व फेला पर्देन तब जोखीमपनि बढ्दै जान्छ । बजारमा तरलता अभाव,हकप्रदको पाईपलाईन, भारु नोटमा प्रतिबन्ध, विमा र लघुविक्त क्षेत्रमा देखिएको अन्यौल, प्राविधिक विश्लेषकहरुले गरेको अनुमान , म्युचुअल फण्डको निस्कृयता, तथा सेयरको बढी आपुर्ती ,राजनैतीक अन्यौल ,र केही ठुला लगानिकर्ताको चलखेल र उनिहरुले छरेको भ्रम तथा लगानीकर्ताको कमजोर आत्मविश्वास ,कालोधन छानविनको हल्ला,बैकं तथा वित्तिय संस्थालाई ब्रोकर लाईसन्स दिने कुरामा धितोपत्र बोर्ड,नेप्से तथा सेयर दलाल हरुमा रहेको असमझदारी, पौष मसान्त , सेयरको सजिनल प्रभाव,र पूँजी बृद्धीसंगै कम्पनिको प्रतिसेयर आम्दानीमा आएको कमि जस्ता कारणले बजार रातो हुने कुरालाई पुष्टि गरेपनि पछिल्लो समयमा नेप्सेमा आईरहेको अस्वभाविक उतावचढावको भने कुनै त्यस्तो स्पष्ट कारण भेटीन सकेको छैन् । 
अघिल्लो दिन  बढेको बजारमा  अर्को दिन भारी मात्रामा घट्दा लगानिकर्ताहरुले ठुलो नोक्सानी ब्यहोर्नु परिरहेको छ।बजारमा घट्दा वा बढ्दा  हुने नाफा नोक्सान पुजी बजारको विषेशता हो। यसमा दुईमत छैन्। तर पछिल्लो समय बजारमा जुन अस्थीरता र असन्तुलन पैदा भईरहेको छ यो भने संबेदनशील नै छ।   किनकि बजार घट्ने र बढ्नेको अनुमान नै गर्न नसकिने अबस्था आएको छ । जसरी कुनै ब्यात्तिको ब्लड प्रेसर एक्कासी उच्च हुने र न्युन हुदा उ खतरामा पर्दछ त्यसरी नै बजारमा भारी उतावचढाव पैदा हुदा लगानिकर्ताको पुजी जोखीममा पर्दछ ।  बजार सन्तुलीत हनुपर्दछ ।
बढ्दैमा मात्र पनि बजार परिपक्क छ भन्ने होईन
बजार बढीरहदा लौ अव बजार राम्रो हुन्छ भन्ने पनि होईन । मुख्य विषय के हो भने बजारको बढाई स्वभाविक छ की छैन? बजारमा रहेका कारक तत्व हरु को अध्यानबाट बजारको बढाई न्यायोचीत देखीन्छ कि देखिदैन भन्ने हो। यदी कुनै घरको जगको क्षमता ३ तल्ला मात्र थेग्न सक्ने छ र त्यसमा अरु धेरै तल्ला थपिए भने सो घर नै भत्कीन्छ। तसर्थ बजार पनि क्षमता अनुसार मात्र बढ्नुपर्ने हुन्छ।
उतावचढमा जस्टीफाई हुनुपर्छ
 बजारमा देखीएका परिबर्तनमा यस संग सम्वन्धीत फ्याक्टरहरु को सम्बन्ध मेल खाएन भने त्यहा जोखीम बढेर जाने कुरा लगानिकर्ताले बुझ्नु जरुरी छ। किनकी बजार भुकम्प जस्तो अनुमान गर्न नसकिने चिज होईन।यस को बढाई र घटाई धेरै हदसम्म न्यायोचीत तथा तथ्यपरक  नै हुनुपर्छ।हुनसक्छ त्यसमा केही हदसम्मं लगानिकर्ताको मनोविज्ञानले काम गर्ला तर सेयर बजार हावामै चल्छ।कमाउने र गुमाउने कुरा भाग्यमै भरपर्छ भन्ने चाही अबश्य होईन।
नया लगानिकर्तालाई सेयर साक्षारता आबस्यक
 यो बजारमा यस्तो ठुलो तप्का छ कि बजारलाई जुगा कै रुपमा लिन्छ । र लगानी गर्छ । नित्तान्तै प्राविधिक तथा तथ्यगत रुपमा चल्नुपर्ने बजार हावा र हचुवाका भरमा अगाडि बढ्दा बजारमा जोखीम बढ्दै गईरहेको छ। एक त बजारमा धेरै लगानिकर्ताहरुमा सेयर सम्बन्धी आधारभुत ज्ञानको अभाव छ। उनिहरु अन्य साथी सर्कलले कमाएको देखेर लगानि गरीरहेको छन्। उनिहरुमा नत कम्पनिको बारेमा राम्रो  ज्ञान छ नत जोखीम बहन गर्न सक्ने क्षमता । बजारमा परिपक्क लगानिकर्ता नहुदा बजारमा चलखेल गर्ने समुहले झनै मौका पाईरहेको छ। अहिले बजारमा धेरै लगानिकर्ताहरु भित्रिएका छन्। उनिहरुमा सेयर सम्बन्धी ज्ञानको अभाव छ। सेयर किन्ने र बेच्ने उचित अबसर चिन्न सक्दैनन् । पुराना लगानिकर्ता तथा सेयर दलालहरुको सल्लाहामै लगानि गरीरहेका छन्। उनिहरु बजारमा सामान्य उतावचढाव आउन साथ अतालीदा बजारमा थप असन्तुलन पैदा भएको छ।
हुनत यहा नया तथा सेयर सम्बन्धी ज्ञान नभएका लगानिकर्तालाई कुनै दोसारोपण गर्न खोजीएको होईन।तर मेहनतको कमाई सेयर बजारमा लगानि गरेर नाफा कमाउने सपना देखेर आउने लगानिकर्ताहरुले आबस्यक ज्ञानको अभावमा नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ।मुख्य चिन्ता यही नै हो।
यसमा नया लगानिकर्ता चनाखो हुनु जरुरी छ
हचुवामा लगानि गर्दा एक त स्वयम लगानिकर्ता को पुजी जोखिममा पर्छ त्यस संगै  आबस्यक परिपक्कताको अभावमा यसले बजारमा नै दिर्घकालीन असर पार्छ।
विश्व सेयर बजारको भन्दा फरक प्रबृती
सायद नेपालको सेयर बजार त्यत्ती परिपक्क भईसकेको छैन्। किनकि विश्व सेयर बजारमा देखीने प्रबृती र नेपालको सेयर बजारमा देखीने गरेका प्रबृतीहरुमा धेरै फरक पाईने गरेको छ।नेपालको सेयर बजार भर्खर भर्खर विकासको चरणमा छ।   काठमाण्डौ केन्द्रीत बजार त्यसमाथी पनि वित्तिय साक्षारताको कमी, लगानिकर्ताको कमजोर आत्म विश्वास, प्राबीधिक विश्लेषणको अभाव जस्ता कारणले, अन्य देशको ट्रेण्ड तथा  बजारको आधारभुत मान्यता भन्दा फरक प्रबृतीहरु देखिने गरेका छन् नेपाली सेयर बजारमा ।पछिल्लो समयमा बजारमा देखीएका यस्ता प्रबृतीबाट सजग हुनुपर्ने देखीएको छ। कुनै कम्पनीको आम्दानी, लाभासं दिने क्षमता, तथा ब्याबस्थापकिय पक्ष राम्रो हुदा हुदै पनि सेयर मुल्य न्युन छ भने केही त्यस्ता कम्पनि छन् जसको मुनाफा पनि सन्तोषजनक छैन, प्रति सेयर आम्दानी पनि राम्रो छैन्, उसको ब्याबस्थापकिय पक्ष पनि राम्रो छैन त्यस्ता कम्पनिको भाउले आकाश छोएको छ।
कहिले सेयर बजारको मुख्य सिजनमै बजारमा भारी गिरावट आउछ त कहिले बेसीजनमा उच्च अकंको बृद्धी आउछ। बजारमा विभिन्न प्रकारका आशार्यजनक घटनाहरु दोहोरीरहेका हुन्छन्। त्यसैले त  बजार संग सम्बन्धीत ब्याक्तिहरुले नेपाली सेयर बजार बुझीनसक्नुको छ भन्छन्।
सबै लगानिकर्ताको ढल्काई एकैतिर
सामान्यत् सेयर घटेको समयमा किन्ने र बढेको समयमा बेच्ने 
गर्नुपर्छ। तर यहा घटेको समयमा अताल्लीएर भए भरको सेयर बेच्न खोज्ने र बढेको समयमा अझै बढ्ने आशामा थप सेयर किन्न खोज्ने प्राक्टीस छ। यसबाट पनि लगानिकर्तालाई यथोचित नाफा कमाउन गार्हो भईरहेको छ। र यसबाट बजार घट्न थालेपछि घटेको घट्यै हुने र बढे पछि बढेको बढ्यै नै हुने गरेको छ। माग र आपुर्तीमा आबस्यक सन्तुलन नमिल्दा बजार असामान्य हुने गरेको छ। 
प्रशिद्ध लगानिकर्ता वारेन बुफेटले भनेका छन् ‘‘ अरु डराउदा तपाई लोभी बन्नुहोस र अरु लोभि बन्दा तपाई डराउनुहोस”।भन्नुको मतलव अरु डराएर सेयर बेच्दा आफु किन्नलाई तयार बन्नुहोस अनि अरुले सेयर किन्न लोभ गर्दा तपाई डराउनुहोस र आफुसंग भएको सेयर बेच्नुहोस।वास्तममा यो नै सेयर बजारमा नाफा कमाउनका लागि गर्नुपर्ने काम हो र यसले नै बजारलाई सन्तुलनमा राख्ने हो।तर हाम्रो बजारमा कोही डराएर सेयर बेच्यो भने सबै डराउने गर्छन । र बजारमा सेयर बेच्नेको चाप बढ्न गई भारी गिरावट आउछ्। र कोही लोभी भयो भने बजारका अधिकासं लगानिकर्ता लोभी हुन्छन्।अनि बजारमा तिब्र माग हुन्छ र सेयर मुल्य पनि असोभाविक रुपमा नै आकासीन्छ। बजारमा अधिकाशं लगानिकर्ता  एकै प्रबृतीतिर ढल्कीनाले भारी उतावचढाव आउने गरेको अनुमान गर्न सकिन्छ। बजार अलि अलि घट्न थाल्यो भने अताल्लीएर धेरै भन्दा धेरै लगानिकर्ता बेच्न तयार हुदा बजार झन कमजोर हुदै गईरहेको छ।बजारमा माग र आपुर्तीको सन्तुलन मिल्न सकिरहेको छैन्।
अब के होला?
 सेयर बजारमा अनिश्चितता र जोखीम रहनु यसको विशेषता नै हो। त्यही अनिश्चित र जोखीमका विचमा विवेकपुर्ण लगानि गर्नु नै बजारको सिद्धान्त हो।आजको भोलीनै बजारबाट कमाउछु भन्ने मनोविज्ञान लगानिकर्ताले हटाउनु जरुरी छ। दिर्घकालीन लगानिमा जोखीम कम गर्न सकिन्छ। अहिलेको वियरिष्ट ट्रेण्ड रोक्नका लागि मार्केट डेब्थमा कम आपुर्ती गरि  सन्तुलनमा ल्याउनुपर्ने देखिन्छ।अस्थिर बजारमा अझै केही दिन साना तिना पहिरोहरु नजालान भन्न सकिदैन्। हल्ला र गलत समाचारका पछि लागेर मनोवल गुमाउदा बजार दुर्घटना पर्ने खतरा भएकोले लगानिकर्ता संयम र परिपक्क हुनु आवस्यक छ।मंगलबार हरियो  देखीएको बजारले आगामि दिनमा कस्तो मोड लिने हो यकिङ गर्न गाहे नै छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: