×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजी बजारमा एक्सन ५, रि–एक्सन १० हुने प्रवृतिको अन्त्य आवश्यक, नरेन्द्र चुदालीको विश्लेषण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पूँजी बजारमा एक्सन ५, रि–एक्सन १० हुने प्रवृतिको अन्त्य आवश्यक, नरेन्द्र चुदालीको विश्लेषण

२२ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  •  नरेन्द्र चुदाली

सोमबार ६५ अकंको उच्च गिरावट आएको सेयर बजारमा मंगलबार र बुधबार भने चामत्कारीक परिवर्तन देखियो । मंगलबार १६ अकंले बढेको बजारमा बुधबार ६३ अकंको उच्च बृद्धी आयो । यसबाट प्रष्ट हुन्छ कि बजारको मनोविज्ञान कति अस्थिर अवस्थामा छ भनेर । बजारमा उतावचढाव आउनु स्वभाविक हो । तर नेपालको पूँजी बजारमा केही समय यताका उतावचढावहरु जोखिमयुक्त देखिएका छन् । चाहे त्यो बढ्दा होस, या त घट्दा ।  

कहिलेकाही बजारका विशेष कारक तत्वहरुले गर्दा भारि मात्रामा उतावचढाव आउनुलाईपनि अस्वभाविक मानिदैन । तर हाम्रो बजार देखिएका उतावचढावहरु धेरैजसो अस्वभाविक लाग्ने खालका हुन्छन् । बैकंको तरलता अभाव, ब्याजदरमा आएको बृद्धीजस्ता कारणले गर्दा विगत केही समयदेखि निरन्तर घटीरहेको बजारमा बुधबार एक्कासी बृद्धी आयो । 
र कारण थियो चुनाव घोषणाको हल्ला, नेप्सेले सुरु गरेको आलाईन सिस्टम ल्याउने प्रकृया, तरलता अभाव नरहेको राष्ट्र बैकंका अधिकारीहरुको भनाई , ब्याजदर घट्ने कुरा । यी कुराहरु बजारकोलागि आवश्यकपनि सकारात्मक कुरा हुन् । र यसबाट बजार बढ्नुपनि स्वभाविक हो । तर बजारको जुन बढ्ने दर छ,  त्योचाहिं अस्वभाविक लाग्ने खालको देखिन्छ । 
किनकि बजारमा व्यवहारिक रुपमै अनलाईन सिस्टम आउनको लागि अझै धेरै समय लाग्ने छ । अहिले प्रकृयामात्र सुरु भएको हो । यसले बजारको एउटा प्राविधिक पाटोलाईमात्र ‘सपोर्ट’ गर्ने हो र धेरैभन्दा धेरै जनाको पहुचमा सहज र सरल रुपमा बजारलाई पुर्याउने हो । र समग्र बजारलाई सकारात्मक प्रभावपनि पार्नेनै छ । नकि यो आउदा वित्तिकै कम्पनिको नाफा बढेर लगानिकर्ताहरुले प्रतिफल पाउने होईन् । 
तर अनलाईन सिस्टमको हल्लामा बजार यसरि बढ्यो कि तत्कालनै लगानिकर्ता हरुले बोनस पाउछन् जसरी ।अनि ब्याजदर घट्ने कुरा पनि अहिलेको भन्दा १ प्रतिशत हाराहारिमा मात्र हो । यहाँ आधानै ब्याजदर घट्छ जसरी बजारमा प्रबृत्ती देखियो । यो तीतो यथार्थ हो कि, हाम्रो पूँजी बजारको मनोविज्ञान अलि अस्थिर नै छ । केही सानो समाचारको भरमै धेरै उत्साहित र हतोत्साहित हुने प्रवृतिले जोखिम बढाउने पक्का छ । गत साउन महिनाको एतिहासिक ‘पिक’ पुग्ने बेलामापनि बजारको बढ्ने दर धेरै थियो र अहिले १३०० को हाराहारिमा झर्दा पनि घट्ने दर धेरै थियो ।  यसले धेरै लगानिकर्ताको पुजि जोखिममा परेको यथार्थ हो । 
बजारमा प्रभाव पार्ने एक्सन ५ हुन्छ भने त्यसको रिएक्सन बजारले १० बनाएर दिन्छ । यो सबै बजारमा देखिने अस्थीर मनोविज्ञाको उपज हो । बजारमा देखिएका यि दुवै प्रबृती  प्रतीउत्पादक छन् । यस्ता प्रवृति हावी हुने हो भने बजार दुर्घटनमा पर्ने खतरा हुन्छ । बजारलाई सधै एउटै बास्केटमा हालेर हेर्न मिल्दैन । बजारमा विवेकपुर्ण लगाानी हुनु जरुरी छ । बजार बढीरहेको छ भन्दैमा सधै बढीनै रहन्छ र घटेको छ भन्दैमा सधै घटीनै रहन्छ भन्ने किसीमको व्यवहार देखाउनु हुदैन । लगानिकर्ताका यस्ता व्यवहारले बजारमा जोखिम बढाउंछ । त्यसैले लगानिकर्ता सधै सन्तुलित र बिवेकी हुुनु आवश्यक छ । ताकि हामीले जोखीमलाई कम गदै नाफा कमाउन सकियोस् । 
सबाल यतिमात्र होकी अहीले बजार ब्यापक बनेको छ, थुपै्र नया लगानीकर्ताहरु बजारमा भित्रीएका छन्, थोरै पूँजी लिएर आएका गृहणी, बिद्यार्थीदेखि धेरै पूँजी हुने नयाँ लगानीकर्ता पनि बजारमा छन्, उनीहरुमा अनुभवको कम छ, यसरी उनिहरुले लगानी गर्दा सही निर्णय गर्न सकेनन् भने लगानी जोखीममा पर्छ ,त्यसैले लगानीकर्ताले विवेकपुर्ण तरीकाले लगानी गर्नुपर्छ भन्नेमात्र हो।
नेपाली पूँजी बजारको ईतिहास धेरै लामो नभएको कुरा हामि सबैलाई सर्बविधितनै छ । ‘ओपन क्र्र्राई सिस्टम’ हुँदै अर्धस्वचालीत प्रणाली पारगर्दे  आज हामी भर्खर- भर्खर अभौतिकरणको अवस्थामा आईपुगेका छौ । र हामीले नेपाली पूँजी बजारको दिगो विकासकोलागि गर्नुपर्ने कामहरु धेरै बाँकी छन् । अहिले बजारमा बढेको आकार र आकर्षणलाई म्यानेज गर्नको लागि हामी नितिगत तथा प्राविधिक दुबै रुपमा अगाडि बढ्नुपर्ने छ । आत्तिने र मातिन्ने दुवै प्रवृति बजारको स्थायित्वको लागि बाधक हुन्छन् । यसमा लगानीकर्ताहरु चनाखो हुनु जरुरी छ । किनकि पूँजी  बजार एउटा बजार मात्र नभएर यो सिन्टिमेण्ट पनि हो ।                                       
                                                         
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: