Skip to content
LAXMI SUNRISE BANK

सुष्मा स्वराजको रात्रिभोज बहिष्कार घोषणा गरेका प्रचण्ड सुटुक्क पुगे लैनचौर

अर्थ सरोकार

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले राखेको रात्रिकालिन भोजमा नजाने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क लैनचौर पुगेका छन् ।
शुक्रबार दिउसो बडो क्रान्तिकारी देखिन स्वराजको रात्रिभोज बहिष्कार गरेका प्रचण्ड एकाएक किन सुटुक्क लैनचौरस्थित भारतीय दुताबास पुगे यो भने रहस्यमै रहेको छ ।
‘दिउसो उपत्यका बाहिर जाने कार्यक्रम तय गरेका हाम्रा अध्यक्ष साझ परेपछि एकाएक स्वराजको रात्रीभोजमा जानुभयो । खै कुन आकाश बाणी आयो, उहाँले दिउसोको कुरा साझसम्म पनि लागु गर्न सक्नु भएन ।’ माओवादी केन्द्रको उच्च श्रोतले इमान्दार मिडियालाई भन्यो ।
प्रचण्डले स्वराजको रात्रीभोजमा सहभागी हुन् निम्तो आएपनि आफुले शुक्रबार नै काठमाडौँ बाहिर जाने प्लान सेट गरेकोले रातीभोजमा नजाने आफु निकट श्रोतलाई बताएका थिए।
भारतीय विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि लाजिम्पाट पुगेर प्रचण्डलाई निम्तो दिएका थिए ।
शुक्रवार साँझ भारतीय दूतावासले स्वराजको सम्मानमा रात्रिकालिन भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK