×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मजदुरहरुको लाखौं कुम्ल्याएर ठेकेदार रामबाबु फरार, न्याय खोज्दै मिडियामा पुगे मजदुरहरु

PRIME CA

मजदुरहरुको लाखौं कुम्ल्याएर ठेकेदार रामबाबु फरार, न्याय खोज्दै मिडियामा पुगे मजदुरहरु

८ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नेपालमा दलालै दलालको बिगबिगी बढिरहेको बेला बिहान काम गरेर बेलुकाको छाक टार्ने मजदुरमाथि पनि दलालहरुले अन्याय गर्न थालेका छन् । यस्तै एउटा घटना बाहिर आएको छ ।
मजदुरलाई महिनौं काम लगाएर एक जना ठेकेदार लाखौं ठगी गरेर फरार भएका छन् । दिनभरी काम गरेर बेलुका छाक टार्नुपर्ने निम्न आए स्तर भएका मजदुरहरु नै यसरी ठगी गर्ने ठेकेदारको हातमा परेपछि उनीहरुको हालत खराब भएको छ ।
आफुहरुले महिनौं काम गरेको तलब नपाएर उल्टै रासनपानी समेत उदारो खानुपरेपछि मजदुरले मिडिया गुहारेका छन् । उनीहरु भन्छन्- ‘हामी गरिबको पक्षमा बोल्ने कोही छैन । ठेकेदारहरुको लागि त्यो पैसा सामान्य होला तर हाम्रो त त्यहि पैसा हात नलाग्दा उठिबास लाग्ने अबस्था आउछ ।’
उनीहरुले नुवाकोटको ककनी घर भइ हाल काठमाडौँको नेपालटार बस्ने रामबाबु जिसी नामका ठेकेदार मार्फत काम गरेका थिए । मजदुरलाई जिसीले सुरुमा पैसा दिन्छु भनेर काम लगाएका थिए । केहि रकम दिएपनि लामो समयसम्म काम गरेको रकम नदिएपछि उनीहरु मिडिया गुहार्न पुगेका हुन् ।
नुवाकोटको विभिन्न ठाउँमा काम लगाएर ठेकेदार रामबाबु जिसीले यसरी मजदुरहरुलाई लाखौ रुपैया ठगी अन्याय गरेका छन् । उनले २०७३ सालको पुसबाट चैतसम्म काम लगाएर मजदुरको करिब १३ लाख रुपैया ठगी गरेको देखिएको छ ।
मजदुर नेत्र नाथ योगीले हामीलाई दिएको जानकारी अनुसार जिसीले काठमाडौँको नागार्जुन कन्ट्रक्सन मार्फत ठेक्का लिएर बिकास विसीलाई जिम्मा दिइ मजदुरलाई काममा लगाएका थिए । मजदुरहरुले हामीलाई पठाएको कामदार विवरण र तलब स्केलअनुसार उनीहरुले ८ सयका दरले काम लिएको देखिएको छ ।
मजदुरहरुले रामबाबु जिसी र बिकास बिसीमार्फत काम लिएर २ हजार ५ सय ११ वटा हाजिर गरेको देखिएको छ। मजदुरहरुले पाउनुपर्ने २० लाख ८ हजार ८ सय रकममध्ये रामबाबुले जम्मा ६ लाख ८० हजार मात्र दिएर बाकी १३ लाख २८ हजार ८ सय रकम आफै कुम्ल्याएका हुन् । हाल उनि मजदुरहरुको सम्पर्कमा छैनन्, १३ लाख लिएर फरार भएका छन् ।
हामीले यस बिषयमा बिकास बिसीलाई सम्पर्क गर्दा उनले आफुहरुले मजदुरलाई काम लगाएको स्वीकार गरे । उनले भने- ‘मैले मजदुरहरुलाई काम लगाएको साचो हो । मैले नागार्जुन कन्ट्रक्सनका एक जना ठेकेदार रामबाबु जिसी मार्फत काम लिएको हुँ । जिसीले मलाइ सबै रकम दिएका छैननन् । उनि अहिले मेरो सम्पर्कमा आउन चाहादैनन् । त्यसैले मलाइ पनि पैसा तिर्न गाह्रो भइरहेको छ ।’
आफुलाई मजदुरहरुले पुरै घेराबन्दी गरेर पैसा मागिरहेको बिसीले इमान्दार मिडियालाई बताए । उनले आफुले मजदुरको रोजीरोटीलाई ख्याल गर्दै ऋण काढेर कयौ रकम बुझाएको र केही बाकी रहेको समेत बताएका छन् ।
जिसी र बिसीले काम लगाएर पैसा नदिएपछि विरक्तिएका मजदुर मान बहादुर टमाटाले हाम्रा संवाददातासंग कुरा गर्दै भने -यिनीहरु त मजदुर मारा, फटाहा, ठग, दलालहरु रैछन । हामी जस्ता सोझासाझालाई यसरी महिनौं काम लगाएर हाम्रो पसिनाको मूल्य चुसेर खाए । अब न्याय दिलाइ दिनु पर्यो ।’
हामीले यस बिषयमा ठेकेदार रामबाबु जिसीलाई सम्पर्क गर्दा उनले उल्टै त्यो समाचार दिने मान्छे को हो ? खोजी गर्नुपर्ने भयो भनेर धम्क्याउने कोशिस गरे । ‘मलाइ अरु केही थाहा छैन त्यो समाचार दिने मान्छे को हो खोज्नुपर्ने भयो कुन इमेलबाट न्युज आएको छ भन्नुस् त ?’ उनले हामीलाई उल्टै प्रति प्रश्न गरे । यसको रेकर्ड हामीसंग सुरक्षित छ ।
यसरी मजदुरहरुको लाखौ रकम खाइदिएर आफ्नो लुटधन्दाको बचाउ गर्दै लगभग ९ महिना काटीसक्दा पनि वास्ता नगर्ने ठग ठेकेदार रामबाबु जिसीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ र मजदुरलाई न्याय दिन जरुरी छ ।
हामीले यस बिषयमा श्रम अदालतका एक जना अधिकारीसंग कुरा गर्दा उनले मजदुरहरुले आफ्नो हिसाबकिताबसहित अदालतमा मुद्दा हालेको खण्डमा मजदुरले पाउने सावाँब्याजसहित ठेकेदारलाई ५ बर्षसम्मको कैद सजाए हुनसक्ने बताए ।
यस्तो छ मजदुरको आफ्नो हिसाब किताब
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: