
काठमाडौँ – आगामी प्रतिनिधि सभाका लागि हुने निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई ब्याक हट्ने देखिएको छ । त्यसो त उनी निर्वाचनमा सहभागी नभएर नभइ गोरखाबाट चुनाव नलड्नेगरी पछि हटेका हुन् ।
यसअघि सम्पन्न दुई संविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईबाट विजयी भएका बाबुराम यसपटक माओवादी नेता नारायणकाजी श्रेष्ठका कारण तर्सिएको बताइन्छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले गोरखा पुगेर नयाँ शक्तिसँग तालमेल नहुने संकेत गरेसँगै नारायणकाजीको चर्चा छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम दुई नम्बर क्षेत्रबाट नारायणकाजी उठ्ने भएपछि चुनाव जित्नेमा ढुक्क छैनन् । किनकि नारायणकाजीको क्षेत्र पनि त्यही हो । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति गोरखाबाट बढारिएपछि बाबुरामको मन भाँडिएको हुनसक्ने चर्चा पनि अर्को वृत्तमा छ । तर, बाबुराम गोरखाबाट पछि हट्न खोज्नुको कारण नारायणकाजी नै रहेको स्रोत बताउँछ ।
बाबुरामको यस्तो इच्छा
नयाँ शक्तिका एक नेताले काठमाण्डु टुडेसँग भने, ‘गोरखाभन्दा बाहिरबाट चुनाव लड्ने कि भन्ने छलफल चलेको हो । अहिले त्यसको विकल्पको रुपमा काठमाण्डु छ ।’
ती नेताले भनेजस्तै बाबुरामले काठमाण्डुबाट चुनाव लड्न विवेकशील नेपालीको साथ खोजिरहेका छन् । यसका लागि विभिन्न चरणमा छलफल भएको र बाबुरामलाई सहयोग गर्न विवेकशील सकारात्मक देखिएको स्रोतको दाबी छ । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्