
काठमाडौँ – काठमाडौँमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक रु २ लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्यव्यवस्था उपमितिले पारित गरेको छ।
कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो। राष्ट्रपति/उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको छ।
संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई पनि पूर्वपदाधिकारीमा समेटेर उनीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने प्रावधान विधेयकमा गरिएको छ। संविधानसभा सभासद्का लागि छुट्टै लोगो बनाउने र उनीहरूको मर्यादा बहालवाला सांसदको समान बनाउने विधेयकमा उल्लेख छ। ‘इतिहासमा एकपटक गठन भएको संविधानसभाबाट संविधान बनाएका कारण सभासदहरूको सम्मानका लागि यस्तो व्यवस्था गरेका हौं,’ उपसमिति संयोजक शाहीले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्