
त्रिशूली – दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ ।
विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।
हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् ।
कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो ।
खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए ।
सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो ।
मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो ।
खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्