Skip to content
LAXMI SUNRISE BANK

‘ठग’ कम्पनीको प्रायोजनमा चलेको नेपाल आइडलमा पैसाको यस्तो खेल, भोटिङ नाटक मात्र, बिजेता भइसक्यो तय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘क्यामराफोन’ का नाममा महँगो शुल्कमा ओप्पो जस्तो सामान्य मोबाइललाई सेल्फी एक्स्पर्ट भन्दै नेपाली जनता ठगीरहेको कम्पनी ओप्पो र भारतमा बालबालिकाका लागि असुरक्षित भनी प्रमाणित भएको महिन्द्रा केयुभी १०० को मुख्य प्रायोजनमा चलिरहेको एक रियालिटी शो नेपाल आइडल भित्रका फोहोरी खेलहरु एक एक गरी बाहिर आउन थालेका छन् ।
फ़्रेञ्चाइज शोका नाममा पैसा कमाउने फोहोरी खेलमा लागेको नेपाल आइडलले टेलिकम कम्पनीहरुको सेटीङमा निकै महँगो शुल्कमा गरिरहेको एसएमएस सेवा बाट थप पैसा कमाउन एलिमिनेसन राउण्डका दिन भोट गर्ने म्याद थपेपछी नेपाल आइडलको एउटा भित्री रहस्य खुलीसकेको छ । तर धेरैलाई थाहा नभएको तथ्यचाहिं के हो भने नेपाल आइडलमा कसलाई विजेता गराउने भन्ने कुरा अहिलेनै तय भइसकेको छ ।
अहिले भएको नेपाल आइडलले पछि पनि आफ्नो इज्जत राख्नुपर्ने हुनाले गायकीको अलावा उमेरको परिपक्वता, हेर्दा राम्रो लुक्स, पर्सनालिटी र व्यवहार पनि हेरेर विदेशी उत्पादक कम्पनीको समेत राय लिएर जज र कार्यक्रम निर्माता बीच कसलाई नेपाल आइडल बनाउने भन्ने कुरा तय भइसकेको स्रोतको दावी छ । यसो त यसखाले कार्टेलिङ अन्य विदेशी शोहरुमा समेत हुने गर्छ ! आयोजकले अन्तिम दिनको खर्च उठाउन भन्दै कतारमा उक्त कार्यक्रम हेर्नका लागि टिकेटको व्यवस्था समेत गरेको छ । अन्तराष्ट्रिय शोहरुमा भने फिनालेका दिन निशुल्क प्रवेश सहितको कार्यक्रम आयोजना हुने गरेको छ ।      

‘नेपाल आइडलमा पैसा कमाउने यस्तो फोहोरी खेल चलेको छ कि एसएमएसको कमिसन पाउन आयोजकले नै जजहरुलाई केहि दिन भोट गर्ने मिति लम्ब्याउन निर्देशन दिएका थिए । यो निर्णयमा तीन जजहरुपनि डमीमात्र हुन् । उनीहरुले निर्माताले जसो भने त्यसै गर्ने हो ।’ स्रोतले भन्यो ।

नेपाल आइडल त्यस्तो कम्पनीको प्रायोजनमा चलेको रियालिटी शो हो जसले खुलेआम नेपालीहरु ठगीरहेको छ । पढ्नुहोस् नेपाल आइडलको मुख्य प्रायोजक रहेको ओप्पो सम्बन्धी केहि समाचारहरु :

ओप्पोका कर्मचारीकै खुलासा  : यस्तो छ मोबाइल तात्नु, ह्यांग हुनु, ब्याट्री नटिक्नु र फोटो राम्रो नखिच्नुको कारण ! 

आफ्नो कमजोरी बाहिरिएपछी ओप्पोको यस्तो हर्कत ! कर्तुत लुकाउन यस्तो प्रयास ! (हेर्नुहोस् प्रमाण)

रिभ्यू ओप्पो एफथ्री : यसकारण किन्नुहोस् ओप्पो, यसकारण नकिन्नुहोस् ओप्पो !

तपाईंलाई कस्तो लाग्यो कुन्नि ! मैलेचाहिं ओप्पो एफथ्री किनेर ३३९०० खोलामै बगाएछु !

पिरोल्न थाल्यो ओप्पोले : कहिले आफैं ‘अफ’ हुन्छ, डबल सिम राख्दा ह्यांङ हुन्छ, ब्याट्री टिक्दै टिक्दैन ! (फलोअप नम्बर ३)

क्यान इन्फोटेक विशेष १ : जव ओप्पो मोबाइलको स्टलमा जनता ठगेको गुनासो पोखियो…

‘# ओप्पो’ ब्राण्डको मोबाइल किन्दै हुनुहुन्छ ? एकछिन पर्खनुहोस् ! 

त्यतिमात्र होइन नेपाल आइडलले अन्य प्रायोजकहरु पनि जनता ठग नै राखेको छ । रेमिट्यान्सका नाममा हुण्डी धन्दा गरेको आरोप लागेको आइएमईदेखि बालबालिकाका लागि असुरक्षित गाडी समेत लाई मुख्य प्रायोजक बनाएर चलिरहेको कम्पनी जनताप्रति कतिसम्म उत्तरदायीहिन छ भन्ने कुरासमेत पुष्टी भइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK