
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भड्किलो प्रचारकै भरमा जनता झुक्याउने खेलमा लागेको ओप्पोका कमजोरीहरु सार्वजनिक भएपछि यतिबेला ओप्पो मोबाइल किन्न तयार भएर बसेकाहरुपनि एक पटक पुन: सोच्न थालेका छन् । नेपालका अधिकांस ठूला भनिएका मिडियाहरुमा विज्ञापनका नाममा ठूलो धनरासी खर्च गरेको ओप्पोका कमजोरीहरु एक एक गरी वाहिरिन थालेपछि ओप्पोका नेपाल प्रतिनिधिहरुले अनेकौं हर्कत गर्न थालेका छन् । ओप्पोका कमजोरी औंल्याउनेहरुलाई फेसबुकमा ब्लक गर्ने, ओप्पोका कमजोरीबारे आएका समाचारमा आफ्नै कर्मचारीलाई झुटो दावीसहितको कमेन्ट गर्न लगाउने, आफुले ठुलो धनरासी खर्च गरेका संचारगृहमा रोहिकराई गर्नेजस्ता हर्कत सुरु भएका छन् । विशेषगरी अर्थ सरोकार डटकमले ओप्पोका कमजोरीहरुको एकएक गरी पर्दाफास गरेपछि ओप्पो आफ्नो कमजोरी लुकाउन कस्सीएर लागेको छ ।
अधिकांसको गुनासो, ‘ओप्पो एफथ्रीमा समस्यानै समस्या’
आइतबार अर्थ सरोकार सम्बाददाताले ओप्पो एफथ्री किनेर आफ्नो ३३९०० रुपैयाँ खोलामै बगेको टिप्पणीसहितको समाचार प्रकाशन भएपछि यसबारे नबोलेका वा ओप्पोको पीडीत भएरपनि आफ्नोमा मात्र त्यस्तो समस्या आएको हो कि वा चलाउन नजानेको हो कि भन्ने ग्राहकहरुपनि खुलेरै बोल्न थालेका छन् । सेल्फी एक्स्पर्ट भनिएपनि राम्रो फोटो नआउने, फोन अत्याधिक तात्ने, ब्याट्री सोचेको जस्तो नटिक्ने, फोन ह्यांङ हुने, आफैं अफ हुने जस्ता समस्या भएको भन्दै अधिकांस ग्राहक खुल्न थालेका छन् । विभिन्न सामाजिक संजालमा उनीहरुले अर्थ सरोकार डटकममा प्रकाशित ओप्पोका कमजोरीहरु उल्लेख गरिएको समाचार सेयर गर्दै आफ्नो मोबाइलमा पनि त्यस्तै समस्या आएको उल्लेख गर्दै सेयर गरिरहेका छन् ।
![]() |
अर्थ सरोकारलाई गाली गर्दै एक पाठकले यस्तो प्रतिक्रिया दिएका छन्
![]() |
बरिष्ट पत्रकार रामजी बगालेले पनि आफ्नो समस्यापनि त्यस्तै भएको बताएका छन्। |
कमजोरी बाहिरिएपछी ओप्पोको यस्तो हर्कत !
यसअघि चित्त नबुझे ३० दिनमा मोबाइल फिर्ता गर्न सकिने भन्दै जनता झुक्याएको ओप्पोले फोन फिर्ता गर्न चाहाने ग्राहकको फोन फिर्तासमेत लिन मानेन । किनेको २५ दिनमै ११ बढी समस्या देखिएपछि फोन फिर्ताका लागि प्रयास गरेका एक ग्राहकलाई ओप्पोले फोन फिर्ता गर्न नमिल्ने बताएका छन् । ‘३० दिनसम्म केहि सिरियस समस्या आयो भने फोन साटीदिन्छौं भनेका हौँ । फोन फिर्ता हुँदैन ।’ मोबाइल पसलबाट ओप्पोमै सम्पर्क गर्नुभानेपछि एक ग्राहकले ओप्पोको फेसबुक पेजमा मेसेज गर्दा यस्तो जवाफ आएको थियो । अझ दुखलाग्दो कुरा त के छ भने फेसबुकमा फोनका बारेमा कम्प्लेन गर्ने, फोन फिर्ता लिन अनुरोध गर्ने र ओप्पोका कमी कमजोरीहरु कमेन्ट गर्ने ग्राहकहरुलाई ओप्पोले आफ्नो फेसबुक पेजबाट नै ‘ब्लक’ गर्न थालेको छ । अर्थ सरोकार डटकमका सम्पादक सहित ओप्पोका कमजोरीका बारेमा समाचार लेख्ने केहीलाई ओप्पोले ‘ब्लक’ गरिसकेको छ ।

आफ्नै कर्मचारीको प्रयोग गरेर कर्तुत लुकाउने प्रयास
ओप्पोका बारेमा कमी कमजोरी सार्वजनिक भएपछि ओप्पोका कर्मचारीहरुले आफ्नो कर्तुत लुकाउन अनेकौं प्रयास गर्न थालेका छन् । यतिसम्मकि ओप्पोले आफ्ना कर्मचारीहरुलाई आफु र आफ्ना साथीहरुलाई ओप्पोका बारेमा नकारात्मक टिप्पणी आए त्यसलाई खण्डन गर्न निर्देशन नै दिएको छ । ओप्पोको निर्देशन अनुसार अहिले अर्थ सरोकार डटकमले प्रकाशन गरेको समाचार र एभिन्यूज टेलिभिजनले ओप्पोले जनता झुक्याएको खेलका बारेमा तयार गरेको समाचारको प्रमोमा ओप्पोकै कर्मचारीहरुले कमजोरी लुकाउने प्रयाससहितको कमेन्ट गरेका छन् । केहि उदाहरण तल हेर्नुहोस् ।


कर्मचारीलाई यस्तो निर्देशन
एभिन्यूज टेलिभिजन, र अर्थ सरोकार डटकमले ओप्पोका कर्तुतहरु सार्वजनिक गर्न थालेपछि ओप्पो नेतृत्वले नेपालमा मोटो रकम विज्ञापन मार्फत खर्च भएका मिडिया हाउसमा ओप्पोका राम्रा समाचार लेख्ने र नकारात्मक समाचार लेख्ने अर्थ सरोकार डटकम र बोल्ने एभीन्यूजविरुद्ध लाग्न आग्रह गरेको खबर समेत स्रोतको दावी छ । एभिन्यूज टेलिभिजनले केहि दिनमा प्रशारण गर्ने तयारी गरेको ओप्पोको झुटको खेती सम्बन्धि समाचार र अर्थ सरोकार डटकमले निरन्तर फलोअप गरेको ओप्पोको समाचार विरुद्ध कुनैपनि कसुर नराख्न समेत ओप्पोले आफ्ना कर्मचारी र आफुले पालेका केहि मिडिया हाउसहरुलाई खबर गरिसकेको स्रोतको दावी छ ।
यो पनि हेर्नुहोस्
यो पनि पढ्नुहोस् !
- रिभ्यू ओप्पो एफथ्री : यसकारण किन्नुहोस् ओप्पो, यसकारण नकिन्नुहोस् ओप्पो !
- तपाईंलाई कस्तो लाग्यो कुन्नि ! मैलेचाहिं ओप्पो एफथ्री किनेर ३३९०० खोलामै बगाएछु !
- पिरोल्न थाल्यो ओप्पोले : कहिले आफैं ‘अफ’ हुन्छ, डबल सिम राख्दा ह्यांङ हुन्छ, ब्याट्री टिक्दै टिक्दैन ! (फलोअप नम्बर ३)
- टेक रिभ्यू : F3plus मोडलका नाममा सोझा नेपाली ठग्दै ओप्पो ! महँगोमा बेचिंदैछ समस्याग्रस्त मोबाइल सेट !
- क्यान इन्फोटेक विशेष १ : जव ओप्पो मोबाइलको स्टलमा जनता ठगेको गुनासो पोखियो…
- ‘ओप्पो’ ब्राण्डको मोबाइल किन्दै हुनुहुन्छ ? एकछिन पर्खनुहोस् !