- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।