
काठमाडौँ – विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् ।
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल यादव निर्वाीचत भएका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । त्यसअघि उनी सिरहा जिल्ला विकास समितिको सभापति पनि थिए ।
७२ वर्षीय राजलाल ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । अहिले उनी फोरमका केन्द्रीय सदस्य छन् ।
राजलाल निर्वाचित वडामा दुई हजार सात सय २१ मत खसेको थियो । उनी ८ सय ७८ मत ल्याएर निर्वाचित भए । संघीय समाजवादी फोरमबाटै सो वडाको सदस्यमा निर्वाचित अरुणकुमार यादवले राजलालको भन्दा बढी मत प्राप्त गरे । उनले नौ सय ८ मत पाए ।
वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको नेतृत्व गर्न फोरमले उनलाई अघि सारेको थियो । तर, सिरहको १७ स्थानीय तहमध्ये समाजवादी फोरमले ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक नगरपालिकामा मेयरमा मात्र जित हात पारेको छ । – नयाँ पत्रिकाबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्