
काठमाडौँ – नेपालको नम्बर १ ठग सिमेन्ट शिवम् सिमेन्ट र चीनको हङकङ रेड लायनको संयुक्त लगानीमा बनाइएकेा होङ्सी सिवम् सिमेन्ट कम्पनीसँग लगानी बोर्डले आज पीआईए गरेको छ । बोर्डले आइतबार होङ्सी सिवम् सिमेन्टसँग परियोजना लगानी (पीआईए) सम्झौता गरेको हो । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार यसको कुल लगानी ३६ अर्बमध्ये ७० प्रतिशत होङ्सी र बाँकी शिवम् सिमेन्टको हिस्सा रहनेछ । हङकङ रेड लायनले शिवमसँग मिलेर होङ्सी शिवम् सिमेन्ट उद्योग दर्ता गरिसकेको छ । शिवम् नेपालमा सबै भन्दा ठग कहलिएको बदनाम सिमेन्ट उद्योग हो ।
दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित ३६ अर्ब रुपैयाँ लगानीमा नयाँ यो सिमेन्ट उद्योग खुल्न लागेको हो । शिवम् ले अहिलेपनि नेपालमा कम तौलका सिमेन्ट बेचेर बदमासी गरिरहेको छ भने सम्बन्धित नियमनकारी निकायलाई आफ्नो हातमा लिएर लुटधन्दा गरिरहेको छ ।
सम्झौता अनुसार यसले सन् २०१९ को सुरुदेखि सिमेन्ट उत्पादन सुरु गर्ने छ । पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । त्यसको दुई वर्षपछि दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । शिवम् सिमेन्टले भने यहि सम्झौतालाई ठगी गर्ने अर्को मेलो बनाउन लागेको छ । कम तौलका सिमेन्ट बेचेर जनता ठगीरहेको शिवम् सिमेन्टले यहि सम्झौताका आधारमा आफ्नो नभएको ‘गुडवील’ को जवरजस्त ब्रान्डीङ गर्ने योजना बनाएको बुझिएको छ ।
यो छुटाउनु भयो कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्