
काठमाडौँ – प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र तयार गरेको छ । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएको कांग्रेस आफ्नो घोषणापत्रमा मधेशी र साना दलप्रति भने नरम देखिएको छ ।
नेकपा एमालेको प्रवृत्तिः राष्ट्रिय एकता र समृद्धिको वाधक
संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै छ । नेकपा एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो ।

फलस्वरुप नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी भएपनि र संविधान निर्माणमा सहकर्मी भएपनि नेकपा एमाले आफू सहभागी सरकारको निर्णय प्रक्रियामा खुला मनले सहयोगी र लचिलो भूमिकामा प्रस्तुत भएन । संसदीय पद्धति र आचरण अनुरुप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नु भन्दा पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखायो ।
नेकपा एमाले को नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु बदर गरिए। प्रशासन, न्याय सेवा, कुटनीतिक र शिक्षण क्षेत्रमा पार्टीकरणको प्रक्रिया प्रारम्भ भयो । सरकारको वित्तीय स्रोत र साधन दलको स्वार्थका निम्ति दुरुपयोग गरियो। फलस्वरुप सत्तामा सहभागी दलहरु एमालेसंग सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भयो ।
सत्तामा रहुन्जेल नेकपा एमाले ले संशोधनद्वारा संविधान सम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत समर्थन गरेन । बरु उसको अतिवादी राजनीतिक अडानले तराइ–मधेशको आन्दोलन झनै चर्को बन्दै गयो ।

एमालेको यो अनुदार प्रवृत्तिका कारण संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया समेत जोखिममा परेको थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा साना राजनीतिक दलहरुको पनि महत्व र भूमिका रहेको छ । तर नेकपा एमाले ले यो सत्यलाई आत्मस र्न सकेन र उ साना राजनीतिक दलप्रति पनि अनुदार देखियो । एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रक्रियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुबैलाई संविधान निर्माणको एजेण्डामा एक ठाउँमा राख्न सक्यो ।
लोकतन्त्रले नेपाली राजनीतिमा ल्याएको अभूतपूर्व जागरणले गर्दा देशमा विभिन्न प्रकृतिका अधिकारका आन्दोलन उठेका हुन् । मधेश आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, थारु, मुस्लिम लगायतको फराकिलो प्रतिनिधित्व र अधिकारको आन्दोलनप्रति एमालेले देखाएको नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई गम्भीर र जटिल बनाउँदै लगेको छ ।
मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ । मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु¥याएको छ ।
संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।
अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा एमाले र माओवादी केन्द्र कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन्। वस्तुतस् संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन। यसैगरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।
दोस्रो विश्व युद्ध पछिको विगत ७० वर्षमा एशिया, अफ्रिका र दक्षिण अमेरिकाका थुप्रै देशहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको प्रयोग गर्दै तानाशाही व्यवस्थामा परिवर्तिंत हुँदै राजनीतिक अस्थिरताको भुमरीमा फसेका छन् ।
कम्युनिष्ट सरकार आर्थिक विकास सुनिश्चित गर्ने कारण र माध्यम पनि बन्न सक्दैन। बरु कम्युनिष्ट सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी व्यापक मात्रामा घट्ने र पूँजी पलायनको कारण बन्न सक्छ ।
नेकपा एमाले एवं नेकपा माओवादी केन्द्र सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएका छन् । नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओ संचालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैकिङ्ग क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको छ । त्यसैले नेकपा एमाले सत्ताको केन्द्रमा वसेर आफ्ना निकटतम सहयोगीको व्यावसायिक स्वार्थको रक्षार्थ दल–नियन्त्रित पूँजीवाद क्रोनी क्यापिटलीज्म संरक्षण गर्ने कम्युनिष्ट पार्टी बनेको छ ।
चिकित्सा शिक्षा विधेयक २०७४ लाई नेकपा एमाले र माओवादी केन्द्रले संसदमा पारित हुन नदिनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो । यस अर्थमा, नेकपा एमाले ले राष्ट्रिय पूँजीको होइन, आफ्नो पार्टी–नियन्त्रित पूँजीको प्रवद्र्धन गर्दैछ । नेकपा एमाले सत्तामा, नीति र कानून निर्माण गर्ने ठाउँमा वसेर आफ्नै देशका लगानीकर्ताहरुसंग व्यावसायिक प्रतिस्पर्धा गर्ने तथा निजी क्षेत्रका लगानीकर्ताका निम्ति असमान र असहज वातावरण निर्माण गर्ने पार्टी वन्दैगएको छ । यस्तो चरित्र बोकेको पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न र आर्थिक विकास गर्न सक्दैन ।
माओवादी केन्द्र
अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी केन्द्र ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी केन्द्र भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुनेगरेको छ । नेकपा माओवादी केन्द्र को यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।
पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी केन्द्रको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससंग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दैआएको छ ।
एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ । आफू निरन्तर विभाजित भइरहेको यही माओवादी केन्द्र र नेकपा एमाले अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिले एक अर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् ।
सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन
हालै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ले सत्ता स्वार्थको कम्युनिष्ट गठवन्धनको घोषणा गरेका छन् । यो कम्युनिष्ट गठवन्धनको घोषित उद्देश्य आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिष्टहरु बीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने रहेको छ । यो कम्युनिष्ट गठवन्धनका नेता र योजनाकारहरुले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन् ।
सारा संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठवन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार हुनेछैन । नेपाली कांग्रेस पार्टी र यसका लाखौं ऊर्जाशील साथी र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएका हुन् । सत्ता र स्वार्थको यो कम्युनिष्ट गठबन्धनको पनि नेपाली कांग्रेसले डटेर सामना गर्नेछ तथा लोकतन्त्र र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको उत्साहपूर्ण भूमिका र क्षमता तथा सामाजिक न्याय र समतामूलक विकास सहितको लोकतान्त्रिक समाजवाद स्थापनाको अभियानलाई अवरुद्ध हुन दिनेछैन ।
निर्वाचनका बेला सम्पूर्ण देशलाई कथित राष्ट्रवादी र अराष्ट्रवादी कित्तामा विभाजित गर्ने, हिमाल–पहाड—मधेशका जनताका बीच भावनात्मक मतभेद चर्काएर हिंसा र बल प्रयोग गर्ने, शान्ति– सुरक्षाको जिम्मेवारी पाएको गृह प्रशासनलाई राष्ट्रिय कर्तव्यबाट विचलित गराउने कम्युनिष्ट गठवन्धनको रणनीति अन्तर्गत माओवादी केन्द्र सत्ता पक्षमा पनि साझेदार हुने र प्रतिपक्षसँग गठबन्धनमा पनि हिस्सेदार हुने अनैतिक र षडयन्त्रकारी भूमिकामा बसिराखेको छ ।
यसरी यो कम्युनिष्ट गठबन्धनले अन्ततः संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको देखिन्छ । एकदलीय कम्युनिष्ट शासनको सपना र प्रयोगले धेरै मुलुकका स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको इतिहास छ । नेपाललाई पनि यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिष्ट गठबन्धनले गरेको छ ।
संवाद र सहकार्यको बाटोमा मधेश केन्द्रित दल
आन्दोलनको लामो चक्रव्यूहबाट निस्किएर संविधान संशोधनको माध्यमबाट समस्या समाधान गर्न अग्रसर भएका मधेश केन्द्रित दलको राजनीतिक निर्णयलाई नेपाली कांग्रेस प्रसंशा र स्वागत गर्न चाहन्छ । मधेशका जनताको लोकतान्त्रिक अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, मधेशका भाषा–संस्कृतिको संरक्षण र सम्वद्र्धनसँगै मधेशमा रोजगारी र सडक, सिंचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्र लगायतमा आर्थिक विकासका मुद्दालाई नेपाली कांग्रेसलेमधेश–केन्द्रीत दलहरुसँगको सहकार्यमा सम्बोधन गर्नेछ । राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदार भएर मधेशका जनताले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् । अन्न भण्डार र कृषि उत्पादनको केन्द्र बनेर मधेशले राष्ट्रिय समृद्धिको आधार खडा गरेकोछ । सभ्यता र सांस्कृतिक वैभवको राजधानी बनेर मधेश र मधेशी जनतालेदेशकोइतिहास र पहिचान बनाएका छन् । अब मधेशलाई अशान्त र सामाजिक मत भेदको केन्द्र बन्न दिनु हुँदैन भन्ने संकल्पका साथ नेपाली कांग्रेस सबै मधेश–केन्द्रीत दलहरुलाई राष्ट्रिय एकता र सहमतिको साझा लोकतान्त्रिक प्रतिवद्धता र सहकार्यमा हार्दिक स्वागत गर्दछ ।
राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग विश्वसनीय सहकार्य
देशको नयाँ संविधानप्रतिको गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका विश्वव्यापी मूल्य–पद्धतिमाथिको विश्वास नैनेपाली कांग्रेस तथा राप्रपा (प्रजातान्त्रिक) एवं राप्रपा नेपालको सहकार्यको आधार हो । राष्ट्रियता र लोकतन्त्र, सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक आर्थिक ढाँचा र देशकोसमृद्ध सांस्कृतिक वैभव र पहिचानको संरक्षण गर्ने संवैधानिक प्रतिवद्धता पनि हाम्रोसहकार्यकोआधार हो। कम्युनिष्टहरुको वर्तमान गठबन्धन चुनावमा हिंसा र बल प्रयोग गर्ने, कम्युनिष्ट वर्चस्वको संसद र सरकार बनाएर व्यापक सहमतिबाट बनेको संविधानको प्रावधानलाई एकलौटी कम्युनिष्ट ढाँचामा संशोधन गर्ने र कम्युनिष्ट पार्टीको एकदलीय शासन स्थापना गर्ने योजना र षडयन्त्रबाट निर्माण भएकोछ । योषड्यन्त्रलाई परास्त गर्दै लोकतन्त्र र आर्थिक समृद्धिको बाटोमा देशलाई डो¥याउने उद्देश्य सहित राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसंग साझा प्रतिबद्धता र सहकार्यमा नेपाली कांग्रेस क्रियाशील भएकोछ ।
कांग्रेसको घोषणापत्रको पूर्णपाठ हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper










प्रतिक्रिया दिनुहोस्