
काठमाडौँ – विश्वभरका कम्युनिष्टहरुले आज अक्टोबर क्रान्ति सम्झेका छन् । जारशासनका विरुद्धमा आज भन्दा १ सय वर्ष अघि नेता भिआइ लेनिनको नेतृत्वमा कम्युनिष्ट सत्ता स्थापना भएको दिन हो आज । यसैको सम्झनामा २५ अक्टोबरलाई संसारका मजदुरहरूले यो दिवश मनाउने गरेका छन् ।
यता नेपालका कम्यूनिष्टहरूले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवश मनाएका छन् । यो क्रान्तिलाइ नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा आज काठमाण्डुमा विशाल कार्यक्रमको आयोजना गरेको छ ।
विश्वश्रमजीवि जनताको पक्षमा नयाँ संश्लेषण गरी आम जनताकाबीचमा पार्टीको नयाँ रणनीतिसहित आएको बताउने नेकपाले राजधानीको खुलामञ्चमा भव्यसभाको आयोजना गरेको छ ।
सभा सुरु हुनभन्दा पहिले राजधानीका विभिन्न स्थानबाट र्याली निकालिएको थियो । सभालाई नेकपाका महासचिव विप्लवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
देशलार्इ दिन दहाडै आक्रमण गर्ने भारतीय विस्तारवादका विरूद्ध आवाज उठाउनको सट्टा उल्टै देउवा सरकार नेपाली जनताको मुख्य दुश्मन भएको र नसच्चिए देउवा सरकारको अवसान हुने नेता खड्ग बिश्वकर्माले चेतावनी दिए ।
‘रुसी जनताले लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा जारको सत्ता ध्वस्त गरी सोभियत सत्ता स्थापना गरेका थिए स्मरण गर्दै नेता खड्ग बिश्वकर्माले जनताको सत्तामा वस्नसक्ने हिक्मत गर्नु पर्छ’ उनले भने ।
रुसी क्रान्ति सम्पन्न भएको १ सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्ष विश्वभरी नै कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाउँदै छन् ।
माओवादी केन्द्र भक्तपुर ले अन्तक्रिया गरेको छ भने क्रान्तिको शतवार्षिक मनाउँदै माओवादी केन्द्रले पनि विभिन्न कार्यक्रम गरी मनाइ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्