×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली-प्रचण्डले गर्दैछन् अहिलेसम्म कसैले पनि नगरेको काम, अब के गर्लान अरु नेता कार्यकर्ता ?

LAXMI SUNRISE BANK

ओली-प्रचण्डले गर्दैछन् अहिलेसम्म कसैले पनि नगरेको काम, अब के गर्लान अरु नेता कार्यकर्ता ?

१३ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धन गरेर अघि बढिरहेका नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरु अनौठो काम गर्दै छन् । प्रचण्डले एमाले र केपी ओलीले माओवादी केन्द्रको बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।
‘बिभिन्न कमिटीमा संयुक्त बैठक गरी चुनाव परिचालनको काम भइरहेको छ’ । माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यले भने, ‘यसक्रममा दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने काम हुन्छ ।’ साथै दुवै पार्टीले चुनावका लागि संयुक्त परिचालन कमिटि बनाउने र प्रशिक्षण चलाउने क्रम चलिरहेको छ ।
दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने दिन भने टुंगो नलागेको उनले जानकारी दिए । ‘यस्तो कुरा भइरहेको त छ तर कहिले, कहाँ, कसरी गर्ने भन्ने चाहीँ अझै फिक्स भएको छैन ।’
माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् । अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
ओली र प्रचण्डको यो निर्णय तल्लोस्तरका कार्यकर्तालाई मन परेको छैन । यसै त एमालेसँग बिलय हुन् लागेको भन्दै माओवादी केन्द्रका तल्लोस्तरका अधिकाँश नेता कार्यकर्ताहरु नेतृत्वदेखि रुष्ट बनेका छन् । उनीहरुले ओलीलाई नेता स्वीकार गर्न नसक्ने भन्दै नेतृत्वको आलोचना गरिरहेका छन् ।
उता एमालेका नेता कार्यकर्ताहरु भने प्रचण्डलाई नेता मान्न गाह्रो मानिरहेको अवस्थामा ओलीले माओवादीकेन्द्र र प्रचण्डले एमालेको बैठक सम्बोधन गर्न कतिको सम्भव हुन्छ ? त्यो भने हेर्न बाकीं नै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी