×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्ध, आयोगले दियो कडा निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्ध, आयोगले दियो कडा निर्देशन

Artha Sarokar

१३ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – निर्वाचन आयोगले पदावधि सकिने बेलामा पूर्वसांसदले बाँडेका १० अर्ब रूपैयाँका योजना रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सो रकम बाँडफाँडबारे अनुगमन गरि सोमबार बेलुकासम्म प्रतिवेदन बुझाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिएको छ । निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने भन्दै आयोगले सो योजना रद्ध गरेको हो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगको ठहर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी