×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वामपन्थीको विजय सुरुवात, दाहालको नेतृत्वमा टानको कार्यसमितिमा वामपन्थी प्यानल विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वामपन्थीको विजय सुरुवात, दाहालको नेतृत्वमा टानको कार्यसमितिमा वामपन्थी प्यानल विजयी

Artha Sarokar

१३ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।
टानको आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत बटुले । दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस र नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो ।निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन ।
लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो । महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी