×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेफ्टिनेन्ट जनरल बलदेवराजको अवकास, रथी पूर्णचन्द्र थापा प्रधानसेनापति बन्ने पक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लेफ्टिनेन्ट जनरल बलदेवराजको अवकास, रथी पूर्णचन्द्र थापा प्रधानसेनापति बन्ने पक्का

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेपाली सेनाका बलाधिकृत रथी (लेफ्टिनेन्ट जनरल) बलदेवराज महतको अवकाससँगै अर्का रथी पूर्णचन्द्र थापा आगामी प्रधानसेनापति बन्ने पक्का भएको छ । जंगी अड्डामा प्रधानसेनापति राजेन्द्र क्षत्रीपछिको मर्यादाक्रममा रहेका रथी महतले विहीबार ९१६ कार्तिक० मा अवकास पाएका हुन् ।
जंगी अड्डाको मर्यादाक्रममा तेस्रो स्थानमा रहेका थापा रथी महतको अवकाससँगै दोस्रो मर्यादाक्रममा उक्लेकामात्र छैनन्, प्रधानसेनापति क्षत्रीको अवकासपछि प्रधानसेनापति हुने लाइनमा समेत चढेका छन् । प्रधानसेनापति क्षत्रीले २४ भदौ २०७५ मा अवकास पाउँदैछन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा तत्कालिन सरकारले रथी थापाको प्रधानसेनापति बन्ने बाटो खुला गरिसकेको थियो । १५ असोज (०७४) मा रथीको थापाको पदावधि दुई वर्ष सकिने भएपनि उमेर बाँकी रहेको हुँदा प्रचण्ड नेतृत्वको सरकारले उनको एक वर्षे पदावधि थप गर्ने निर्णय गरेको थियो ।
४ जेठमा थापासँगै हिजो अवकास पाएका रथी महतको पनि पदावधि थप गरिएको थियो । किनभने, उनको दुई वर्षे पदावधि साउन ८ मा सकिँदै थियो । पदावधि नथपिएको भए उनी त्यसैदिन अवकास पाउने थिए । ५८ वर्ष उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा छ ।
तर, १६ कार्तिकमा ५८ वर्ष उमेर पुगेपछि महतले अवकास पाएका छन्, जसले गर्दा रथी थापा जंगी अड्डामा दोस्रो बरियतामा पुगेका छन् । थप गरिएको रथीको बाँकी अवधि १५ असोज ०७४ सम्म भएपनि प्रधानसेनापति क्षत्रीले २४ भदौ ०७५ मा अवकास पाउने भएकाले त्यस अगावै उनी प्रधानसेनापति हुनेछन् ।
प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ भने उमेर हद ६१ वर्षको हुनेछ । त्यस आधारमा थापा २४ भदौ २०७८ सम्म प्रधानसेनापतिको पदमा रहनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी