×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेमा पूर्वगृहमन्त्रीदेखि अपहरणकारीसम्मको प्रवेश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमालेमा पूर्वगृहमन्त्रीदेखि अपहरणकारीसम्मको प्रवेश !

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् ।
उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि एमालेमा प्रवेश गरेका छन् । सोमबार बिराटनगरको शान्तिचोकमा आयोजित चुनावीसभाका क्रममा गिरी र राजवंशीसहित अन्य केही व्यक्तिहरु एमालेमा प्रवेश गरेका हुन् ।
चुनावी अभियानमा ओलीसँगै रहेकी गायिका कोमल ओलीसमेत नवप्रवेशीलाई अबीर लगाएर स्वागत गरिन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका मोरङे नेताहरु गुरु बराल, माओवादी नेता गोपी अछामेसमेतको उपस्थिति देखिन्थ्यो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी