Skip to content
LAXMI SUNRISE BANK

प्रकाशको निधनमा देउबा र बाबुरामद्वारा गहिरो शोक व्यक्त

अर्थ सरोकार

काठमाडौँ – प्रचण्डपुत्र प्रकाश दाहालको आकस्मिक निधन पछि नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू अत्यन्त भावुक भएको प्रतिक्रिया दिएका छन्।
‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्वांनली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट व्यक्त गर्दछु ।’ डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने।
हृदयघातका कारण अचानक आइतबार घरमा बेहोस भएका प्रचण्डपुत्र प्रकाशलाई काठमाण्डौंको निर्भिक अस्पतालमा लैजादा लैजादै बाटैमा निधन भएको थियो।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको मृत्युले आफु मर्माहत भएको बताएका छन्।ट्वीटरमा पोष्ट गर्दै प्रधानमन्त्री देउवाले पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’का छोरा प्रकाशको अल्पायुमै भएको निधनले आफु मर्माहत भएको बताएका हुन ।

पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ – एस काठमाडौँ 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK