
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविद्हरुले जिकिर गरेका छन्।
जोशीले बिहीबार तनहुँ– १ बाट स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन्। त्यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। आफूले टिकट नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कानुनविद्हरुले भ्रष्टाचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानुनअनुसार रद्द हुनुपर्ने बताएका छन्।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जोशी उम्मेदवारीका लागि अयोग्य छन्, किनभने उनलाई अदालतले भ्रष्टाचारी ठहर गरिसकेको छ,’ वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले भने, ‘उनी अहिले सर्वोच्चमा पुनरावेदन गरिरहेका भए पनि कानुनअनुसार भ्रष्टाचारी नै हुने हुन् र उम्मेदवारीका लागि अयोग्य छन्।
यस्तै घटना सन् २००१ मा भारतकी राजनीतिज्ञ जयललिताका सम्बन्धमा पनि भएको थियो। जयललिताले चुनाव जिते पनि सर्वोच्च अदालतले खारेज गरिदिएको उदाहरण दिँदै थापाले जोशीको हकमा पनि त्यही नै लागु हुने जिकिर गरे। आजको कान्तिपुर दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्