- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय बढेर प्रति तोला ५६ हजार ४ सयमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।