×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता हरिबोल गजुरेलले पैसा खाएर ठेकेदारलाई टिकट बेचेको खुलासा, पार्टीभित्र बबण्डर मच्चियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माओवादी नेता हरिबोल गजुरेलले पैसा खाएर ठेकेदारलाई टिकट बेचेको खुलासा, पार्टीभित्र बबण्डर मच्चियो

Artha Sarokar

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चुनावको टिकट पैसामा बेचेको भन्दै माओवादी केन्द्र सिन्धुलीमा बबण्डर मच्चिएको छ । नेता हरिबोल गजुरेलले पैसा खाएर ठेकेदारलाई टिकट बेचेको भन्दै उनीहरुविरुद्ध दुई नेताले बागी उम्मेदवारी दिएका छन् ।
माकेका कार्यालय सदस्य समेत रहेका नेता गजुरेलले समानुपातिकतर्फको टिकट ठेकेदारलाई बेचेको खुलासा भएपछि नेता कमलप्रसाद दाहाल र नारायण पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
सिन्धुली २ बाट प्रतिनिधी सभाको उम्मेदवारी दर्ता गरेका गजुरेलले जिल्ला संयोजक राजन दाहाललाई समेत प्रतिनिधि सभामा आउन नदिने षड्यन्त्र गरेको भन्दै जिल्लाका नेता–कार्यकर्ता आक्रोसित भएा छन् ।
माओवादी हेर्डक्वाटरले दाहाल र पौडेल दुवैलाई प्रतिनिधी सभा र यता प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको उम्मेदवारी बनाउने निर्णय गरेको थियो । तर पछिल्लो समयमा आएर गजुरेले टिकट वितरणमा आफु निकट मान्छेलाई टिकट दिएका थिए ।
आफ्नै पार्टीका जिम्मेवार नेताहरु नै बागी उठेपछि गजुरेलको हार निश्चित भएको बताउँन थालिएको छ । काँग्रेस उम्मेदवार नरेन्द्रजंग थापासँग गजुरेलले प्रतिस्पर्धा हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी