Skip to content
LAXMI SUNRISE BANK

‘मेरो १२ हजार आफन्त र परिवार छन् ,जित निश्चित छ’- कोमल ओली

अर्थ सरोकार

काठमाडौं – लोक गायिका एबम रेडियो नेपालकी सञ्चारकर्मी कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
केही दिनअघि मात्र राप्रपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी ओलीलाई एमालेले उक्त क्षेत्रबाट उम्मेदवारीका लागि टिकट नदिएपछि स्वतन्त्रमा मनोनयन दर्ता गराएकी छिन । तर शंकर पोखरेल लगायतका केही एमाले नेताहरुले आफूलाई उम्मेदवारी फिर्ता लिनका लागि आग्रह गरेको उनले बताएकी छिन । उनी आफू भने उम्मेद्वारी फिर्ता लिने नलिने बिषयमा प्रष्ट भने भइसकेकी छैनन्। ‘फिर्ता लिन्छु लिन्न कुनै निर्णयमा पुगेको छैन सायद उम्मेद्वारी फिर्ता लिन्नहोला।’ ओलीले भनिन।
राजनीतिमा लागेर समाजसेवा र देशको सेवा गर्ने ध्ययका साथ रेडियो नेपालको जागिर छोडेर राप्रपामा प्रवेश गरेकी उनले राप्रपा विभाजन भएसंगै एमालेमा प्रवेश गरेकी थिइन्। एमालेमा राजनीतिक प्लेटफर्म हेरेर छिरेको बताउने वली एमालेले टिकट नदिएर अन्याय गरेको बताउँछिन्। ‘म यस ठाउँको स्थापित महिला हुँ, म चुनाव जित्न सक्छु तर एमालेले टिकट नदिएर मलाई अन्याय गर्‍यो ।’
दाङ निवासी कोमल वली परिवारको मतले नै जित हासिल गर्ने दाबी गर्छिन्। आफ्नो क्षेत्रमा १२ हजार वली परिवार र आफन्त भएकाले त्यही भोट जितको आधार भएको उनी बताउँछिन।‘सबै वली परिवारले भोट दिएभनेपनि १२ हजार भोट आउँछ मेरो जित निश्चित छ।’ – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK