Skip to content
LAXMI SUNRISE BANK

महराले जिते दाङ प्रदेश राजधानी बन्ने

अर्थ सरोकार

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले निर्वाचन पूर्व नै सरकार छोड्ने जानकारी दिएका छन्। पूर्वउपप्रधान तथा हालका विना विभागीय मन्त्री महराले निश्चित प्रक्रिया पुर्‍याएर अबको केही दिनमै सरकार छोड्ने तयारी भइरहेको बताए। ‘हामीलाई आशंका थियो कतै शेरवहादुर देउवाले निर्वाचन गराउँदैन कि भन्ने, अब त्यो आशंका रहेन त्यसैले हामी सरकारबाट प्रक्रिया पुर्‍याएर निस्कन्छौं,’ महराले भने।
दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री महराले आफूले जितेमा दाङलाई प्रदेश राजधानी बनाउने दाबी गरे। ‘मैले जितेमा दाङलाई प्रदेश राजधानी तथा पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा विकास गर्न भूमिका खेल्नेछु,’ उनले भने।
उनले दाङको विकासले मात्रै छिमेकी र पहाडी जिल्लाहरुको विकासको ढोका खुल्ने बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK