×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसलाई बिरोधी बनाउदै यस्तो आयो एमाले-माओवादी केन्द्रको सामूहिक घोषणा पत्र (पूर्ण पाठ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कांग्रेसलाई बिरोधी बनाउदै यस्तो आयो एमाले-माओवादी केन्द्रको सामूहिक घोषणा पत्र (पूर्ण पाठ)

Artha Sarokar

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आफ्नो घोषणापत्र तयार पारेको छ।
गठबन्धनले घोषणापत्रमा समृद्धिका २५ कार्यक्रमसहितका योजनाहरु प्रस्तुत गरेको छ। घोषणापत्रमा वाम गठबन्धनले कांग्रेसलाई पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा इंगित गर्दै उसलाई श्रमजीवि जनताको विरोधी र लोकतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल परिभाषित गर्ने गरेको आरोप लगाएको छ।
वाम गठबन्धन मधेस केन्द्रित दल राजपाप्रति अलि बढी आलोचक भएको छ भने संघीय समाजवादी फोरमप्रति नरम छ। राजपालाई सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ भने संघीय समाजवादी फोरमलाई राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टीको रुपमा चित्रित गरेको छ।
राप्रपालाई भने राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनर्स्थापना गर्न चाहनेहरुको पार्टीको रुपमा वाम गठबन्धनले लिएको छ। ‘राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो’ वाम गठबन्धनको घोषणापत्रमा भनिएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी