Skip to content

विहान ५ :३८ मिनेट मै प्राण त्यागेका थिए प्रकाशले, प्रचण्ड काठमाडौँ आएपछि मृत्युको घोषणा हुने !

Dish Home

अर्थ सरोकार

प्रचण्डपुत्र प्रकाश दाहालको निधन
काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । आइतबार विहान ५:३८ मिनेट जाँदा उनले प्राण त्यागेको बताइएको छ । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ । धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिवावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।
गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् भने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्