
काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएपछी अन्तिम श्रद्दान्जली दिन नेताहरु नर्भिक पुगेका छन् भने केहि पुग्ने क्रममा छन् । हृदयघाटका करण नर्भिक अस्पतालमा भर्ना भएका दाहालको निधन भएपछी
उनलाई अन्तिम श्रद्धान्जली दिन नेताहरु नर्भिक पुगेका हुन् ।
हाम्रा सम्बाददाताका अनुसार अहिले नर्भिक अस्पतालमा थामीनसक्नु भीड जम्मा भएको छ । जसमा आम नागरिक देखि दलका साना ठुला दलका नेता सबै छन् ।
आइतबार विहान ५:३८ मिनेट जाँदा उनले प्राण त्यागेको बताइएको छ । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ । धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिवावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।
गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् भने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्