×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेडक्रस सोसाईटीको रक्तदाताहरुमा रक्तदान गर्न अपील

PRIME CA

नेपाल रेडक्रस सोसाईटीको रक्तदाताहरुमा रक्तदान गर्न अपील

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार

देशमा वाढि पहिरो, भूकम्प तथा अन्य जस्तोसुकै प्राकृतिक प्रकोप आइपर्दा पनि नेपाल रेडक्रस सोसाईटीले मानवतालाई ध्यानमा राखि सधैं महत्वपूर्ण सहयोग गर्दैै आईरहेको हामी सवैलाई विदितै छ । नेपाल रेडक्रस सोसाईटीले करिव ५२ वर्ष अगाडि देखि नै देशमा रगतको अभाव भएको समयमा विभिन्न क्याम्पह्रु संचालन गरि रक्तदाता महानुभावहरुबाट रगत संकलन गर्ने र  उक्त रगतहरु आवश्यक भएका विभिन्न जिल्लाहरुमा समेत पठाउने कार्ये गर्दै आएको छ । रक्तदान नै जीवन दानको मूल मन्त्रका साथ नेपाल रेडक्रस सोसाइटीले देशमा रगतको आवश्यकता भएको समयमा रक्तदाता महानुभावहरुबाट रगत संकलन गरि रगतको अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 
नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय कार्यालय काठमाडौ, क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, नेपालगञ्ज र चितवन,२१ वटा रेडक्रस सोसाईटीका जिल्ला शाखाहरु ,२५ वटा अस्पताल र १७ वटा ईमरजेन्सी मार्फत आवश्यक रगत संकलन कार्य गर्दै आएको छ । यस बाहेक देशमा अति अभाव भएको अवस्थामा विभिन्न स्थानहरुमा विष्ोश क्याम्पहरु संचालन गरि रगत संकलन गर्ने र उक्त संकलित रगत आवश्यक क्षेत्रमा पठाउने कार्य गर्दै आएको छ ।
हालै दशैं, तिहार र छठ जस्ता हिन्दूहरुको महान चाड परेको कारणले नियमित रुपमा हुने रक्तदान कार्यक्रम हुन नसकेकोले देशमा रगतको अभाव देखिएको छ । त्यसैले उक्त रगतको अभावलाई हटाउन नेपाल रेडक्रस सोसाईटीले रक्तदाता महानुभावहरु र विभिन्न संघ संस्थालाई रक्तदान गरि सहयो गरिदिन हार्दिक अपील गरेको छ । त्यसैले हाल देखिएको रगतको अभावलाई हटाउन र रगतको सहज व्यवस्थापन गर्नको लागी भृकुटी मण्डपमा विशेष र्कतदान शिविर संचालन गरि रगत संकलन गर्ने काम भइरहेको नेपाल रेडक्रस रक्तसंचार केन्द्रका डेपुटी डाइरेक्टर डा. प्रकाश यादवले सवैलाई जानकारी दिनुभएको छ । उक्त विशेष शिविरमा इच्छुक सबै रक्तदाता महानुभावहरुलाई रक्त दान गर्न विहान ११ बजे देखि दिउँसो ४ बजेसम्म अनुरोध गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: