×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा पुराना गाडी प्रतिबन्ध लगाइने, सर्बेन्द्र खनालले गरे यस्तो उद्घोष

LAXMI SUNRISE BANK

उपत्यकामा पुराना गाडी प्रतिबन्ध लगाइने, सर्बेन्द्र खनालले गरे यस्तो उद्घोष

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर – महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् ।
रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा डिआईजी खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएको बताए । उनले ट्राफिक व्यवस्थापनका लागि समयको सीमा तोकेर सवारी सञ्चालन गर्नुपर्ने बताए ।
खनालले काठमाण्डु उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने जानकारी गराएका छन् । उपत्यकामा महानगरपालिकाको अवधारणसँगै दिनमा मात्र नभएर रात्रीकालीन समेत सवारी सञ्चालन हुने भएकाले यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीले मात्र चाहेर केही गर्न नसक्ने बताए ।
खनालले सवारी साधन व्यवस्थापनबारे बेलैमा दिर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको र यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी