
पोखरा – माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोलामा सेतीनदी जलविद्युत् आयोजना बन्ने भएको छ । भिजन लुम्बिनीले २५ देखि ३० मेगावाटसम्म बिजुली निकाल्ने गरी सर्भेको काम गरिरहेको जनाएको छ ।
उक्त आयोजनाको ०६० सालमा सेती हाइड्रोपावर कम्पनीमार्फत पहिचान गरिएको काम अघि बढ्न नसकेपछि ऊर्जा मन्त्रालयले योजनालाई गत वैशाखमा भिजनलाई सर्भे लाइन्सेन्स दिएको हो । दुई वर्षका लागि आयोजनाको अध्ययन गर्ने समय तोकिएको जनाइएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनलगायत डीपीआर अन्तिम चरणमा पुगेको जनाएको छ । ‘मध्य पुससम्म डीपीआरसहित सर्भेका सबै काम सकेर निर्माण चरणमा जाने तयारीमा छौं,’ भिजनका अध्यक्ष जगत पोखरेलले भने, ‘स्थानीयलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छांै ।’ दुई वर्षको अध्ययन समय भए पनि एक वर्षभित्रै सकेर निर्माण चरणमा जाने योजनाअनुसार काम भइरहेको उनले बताए ।
ईआईए ‘वातावरणीय प्रभाव मूल्यांकन’ र टीओआर रिपोर्टको काम धमाधम भइरहेको छ । ईआईएका लागि १६ जनाको विज्ञ टोली खटिएको छ । मध्य पुसमा विद्युत् खरिद सम्झौताको प्रक्रियामा जाने आयोजनाले जनाएको छ । ‘दुई वर्षका लागि सर्भे लाइसेन्स लिएकामा अब निर्माण अनुमति लिनका लागि आवश्यक प्रक्रिया सुरु भएको छ,’ पोखरेलले भने ।
प्रारम्भिक सर्भेमा २५ देखि ३० मेगावाट बिजुली निकाल्न सकिने देखिएको ऊर्जा मन्त्रालयका सहसचिव सरोज अधिकारीले बताए । आयोजना रन अफ दि रिभर प्रकृतिको हुनेछ । माछापुच्छ्रे १ र २ वडामा ३० मिटर लम्बाइको बाँध बनाएर सेती नदीको पानीलाई ७ किलोमिटर तल लगेर बिजुली निकालिनेछ । उक्त ठाउँको भूगोल कमजोर भएकाले पाइपमार्फत पानी लगिनेछ । उत्पादनशील जमिन र बस्ती भने पर्दैन । सेतीमा बढी गेग्रान भएकाले सोहीअनुसारको टर्बाइनलगायत उपकरण ल्याइने सरोकारवालाले जनाएका छन् । उत्पादित बिजुली ६ किलोमिटर दक्षिण हेम्जास्थित १३२ केभी प्रसारण लाइनको सबस्टेसनमा लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । ‘नहर र सुरुङ बनाउन असम्भव भएकाले पाइप मात्रै विकल्प देखियो,’ अधिकारीले भने, ‘५ देखि साढे ५ अर्ब रुपैयाँ लागतमा यो बन्नेछ ।’ आयोजनास्थलमा यसअघि नै सडक पुगिसकेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र भएकाले कानुनी रूपमा सहमति लिइसकिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले आवश्यक सहयोग रहने भन्दै स्थानीयसँग सहकार्य र समन्वय गरी अघि बढ्न सुझाए । कास्की जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । – कान्तिपुरबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्