
काठमाडौं – राजधानीमा आजबाट शुरु भएको एक व्यापारिक मेलामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले नेपाल उपभोग्य वस्तु किन्न मात्र सकिने अवस्था रहेको बताउँदै आफ्नो निरीहपन प्रकट गरेका छन् ।
विहिबार राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘चौधौं औद्योगिक जुत्ता मेला’को उद्घाटन गर्दै नेपाल यतिखेर वस्तु उत्पादन गरेर बाहिरी देशहरुमा बिक्री गर्न सकिने अवस्थामा नरहेको बताएका हुन् ।
स्वेदशी वस्तु उत्पादनले नेपाली उपभोक्ताको कुनैपनि मागको आपूर्ति गर्न सम्भव नरहेको दाबी गर्दै दुःख गरेरै भएपनि आयोजना गरिएको मेलालाई आफूले सकारात्मक रुपमा बताए । विहिबारदेखि ६ दिनसम्म चल्ने उक्त मेला नेपाली उद्यमीहरुले बाहिरबाट कच्चा सामान ल्याई यही तयार पारिएका मुख्यतः छालाजन्य जुत्ता, ज्याकेट, चप्पललगायत वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका अर्थमन्त्री कार्कीले ‘जसले जतिसुकै चर्का भाषण गरेपनि अहिलेनै सरकार कुनैपनि उपभोग्य वस्तुमा आन्तरिक मागलाई पूरा गर्न सक्ने अवस्थामा छैन’ भने ‘तैपनि प्रयास जारी राखेका छौं ।’ साथै उनले एकदिन स्वदेशी तयारी वस्तु लगाएर मात्र केही नहुने भन्दै उद्यमीहरुलाई ब्यंग्य गरे ।
कार्यक्रममा आयोजक सदस्यहरुले यही तयार पारिएका ढाका कपडाका साडी र स्टकोट लगाएका थिए । मन्त्री ब्यंग्य तिनै आयोजप्रति लक्षित थियो । मन्त्री कार्की चाहिं भादगाउँले टोपी र दउरासुरुवाल अनि कालो जुत्तामा अतिथि बनेर आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्