
काठमाडौँ – पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीन काँग्रेस नेता विमलेन्द्र निधि र चिनियाँ उद्योगीबीच भेटवार्ता को ‘युरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि’को प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी लगानी गर्न तयार रहेको र नेपालसँगको व्यापारका बारेमा छलफल गरेको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
नेता निधिसँगको भेटमा प्रतिनिधिमण्डलले नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भावना रहेकाले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए ।
सो अवसरमा नेता निधिले व्यापार व्यवसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने र नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका चाँडो खुलाउनका लागि पहल गर्न ध्यानाकर्षण गराउनुभयो । नेता निधिले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधिमण्डलसँग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिएको उल्लेख गर्नुभएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्