
रसुवा – गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।
हिमाली भेगमा पर्ने चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको बारे दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालले बताएका छन् । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।
उपभोक्ताको माग बढ्दै गए अनुसार चिजको उत्पादन पनि बदाउदै लागेका छौ । गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा करिब रु पाँच करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ । लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ ।
अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्