×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली र प्रचण्ड किन पुगे शितल निवास, यस्तो छ भित्रि रहस्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओली र प्रचण्ड किन पुगे शितल निवास, यस्तो छ भित्रि रहस्य

Artha Sarokar

५ पुष २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान राजनीतिक गतिरोधका बिषयमा छलफल गर्नको लागि राष्ट्रपति कार्यालय सितल निवास पुगेका छन् ।
बुधबार विहान बमगठबन्धनका दुई प्रमुख नेताहरु राष्टिय सभा गठन सम्बन्धी विवादीत बिषयमा छलफल गर्न राष्टपति कार्यालयमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एकल संक्रमणिय मतका आधारमा राष्टियसभाको गठन गर्ने गरी बिधेयक राष्टपति कार्यालयमा पठाएका छन् । सरकारले पठाएको बिधेयकप्रति एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका छन् ।
सरकारले पठाएको बिद्येयकमा विवाद भएपछि राष्टपतिले स्वीकृत गरेकी छैनन् । दलिय सहमति जुटेपछि मात्र स्वीकृत गर्ने पक्षमा राष्टपति पुगेकी छिन् । दलिय सहमति जुटाउन राष्टपतिले दलका शिर्ष नेताहरुसँग भेटघाट थालेकी छिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी