
काठमाडौं – नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ प्राप्त १ सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।
पार्टीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट यसअघि पनि युवा महिलालाई सभासद् बनाएको थियो ।
पहिलो संविधानसभामा २३ वर्षीया लिला न्याइच्याईलाई सभासद् बनाएको नेमकिपाले २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनाएको थियो । यसपटक नेमकिपाले प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन सकेन ।
नेमकिपाले समानुपातिकमा १ सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्