×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वस्थानीको ५औ अध्याय पढ्नुभयो नि ? महलाई मतियार बनाएर चन्द्रागिरीले बोलेको झुट पुष्टी भयो नि ! होइन ?

PRIME CA

स्वस्थानीको ५औ अध्याय पढ्नुभयो नि ? महलाई मतियार बनाएर चन्द्रागिरीले बोलेको झुट पुष्टी भयो नि ! होइन ?

६ माघ २०७४, शनिबार

पढ्न लाग्ने समय: < ५ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पुष शुक्ल पूर्णिमाको दिनदेखि स्वस्थानी ब्रतकथा सुरु भएको छ र सयौंको संख्यामा नेपालभर स्वस्थानी ब्रत राख्नेहरु छन् । स्वस्थानीको छुट्टै महिमा छ । तर हिन्दु धर्मावलम्वीहरुको यति प्यारो स्वस्थानीको कथालाई केहि व्यक्तिको स्वार्थमा बंग्याईएको यथार्थ हामीले यसअघिनै प्रकाशन गरिसकेका छौं।चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो व्यवसायिक विज्ञापनमा मह जोडीलाई प्रयोग गरेर हुँदै नभएको कथा वाचन गरेको तथ्य हामीले यसअघि नै प्रकाशन गरिसकेका छौं । हाम्रो समाचार पुष्टी भएको प्रतिक्रिया धेरै दर्शकबाट आएपछि हामीले पुन: यो विषयलाई कोट्याएका हौँ ।

यद्यपी हाम्रो प्रकाशनपछी चन्द्रागिरी हिल्स लिमिटेडका कर्मचारी र कम्पनीका केहि ‘चम्चा’ हरुले स्वस्थानी कथामा उक्त प्रसङ्ग रहेको दावी गरेका थिए । यहि बीचमा आफुलाई चन्द्रागिरी हिल्स लिमिटेडको पीआर अफिसर बताउने, आइएमइका कर्मचारी राजु पौडेलले पत्रकारलाई धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका थिए ।  हामीले स्वस्थानीमा उल्लेखित सतीदेवीको अंगहरु पतन भएको तथ्यलाई समेत स्वस्थानी कितावनै प्रकाशन गरेर प्रस्तुत गर्दा पनि उनीहरु झुटको खेती गर्नमै व्यस्त थिए । तर स्वस्थानी ब्रत कथा आरम्भ भएपछि चन्द्रागिरीको झुट छताछुल्ल भएको छ । 


के छ बिज्ञापनमा ? 
चन्द्रागिरी हिल्स लिमिटेडले व्यापार बढाउने बहानामा त्यहाँ रहेको भालेश्वर महादेवको प्रसङ्ग उठाएर मह जोडीका ‘म’ अर्थात मदन कृष्ण श्रेष्ठले स्वस्थानी ब्रतकथा पढेका छन् । उनले विज्ञापन खेल्ने बहानामा धर्मसँग जोडिएको यति महत्वपूर्ण कुरालाई समेत ख्याल गरेका छैनन् । स्वस्थानीमा उल्लेख भएको तथ्यलाई बंग्याएर, बिज्ञापन बनाउनेले लेखेको स्क्रिप्टमा मनलाग्दी आफैं भट्याएर स्वस्थानी माताका अनुयायीहरुलाई समेत उनले दु:खी बनाएका छन् । एक पटक चन्द्रागिरि हिल्स लिमिटेडको यो विज्ञापन पुन एक पटक हेर्नुहोस् :


यसो त चन्द्रागिरीमा रहेको सक्कली भालेश्वरको मुर्ति कहिले कता राख्ने कहिले कता राख्ने गरिएको छ । अहिलेचाहिं हत्तपत्त कोहि पर्यटक वा दर्शनार्थीले नदेखुन् भन्ने बदनियतका साथ भालेश्वरको सक्कली मुर्ति भालेश्वरको नक्कली मन्दिरभन्दा केहि तल लुकाएर राखिएको छ । विज्ञापन खेलेर पैसा कमाउने नाममा महजोडीले सायद पहिलो पटक दर्शकको आँखामा छारो हाल्ने प्रयास गरेका छन् ।

विज्ञापनको सुरुमा मदनकृष्ण श्रेष्ठले बोलेका छन्, ‘सतीदेवीको अंगहरु पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि ‘भाल’ अर्थात निधार पतन भयो । र भालेश्वर महादेवको उत्पति भयो ।’ तर यो प्रसङ्ग स्वस्थानी ब्रत कथामा कतै उल्लेख छैन । स्वस्थानी ब्रत कथाका अनुसार सतीदेवीका विभिन्न अंगहरु ७५००००० स्थानमा पतन भएका छन् । र ब्रतकथाको सबैभन्दा पूरानो पुस्तक हेर्दा पनि चन्द्रागिरीको तथ्य प्रस्तुत भएको छैन । परापूर्वकालदेखि चल्दै आएको मान्यता त्यहाँ सतीदेवीको भाल अर्थात निधार पतन भएकोनै विश्वास गरिन्छ । सतीदेवीका अंगहरु पतन भएका ७५००००० मध्ये सो स्थानपनि हो । त्यहाँका स्थानीयहरुले पनि सोहि अनुसार आराधना गर्ने गरेका छन् । तर स्वस्थानी ब्रत कथा जस्तो पवित्र कथा बाचन गर्ने बहानामा एउटा विज्ञापन मेकरले स्क्रिप्ट लेख्न मिल्छ र ?

त्यहाँ मदनकृष्ण श्रेष्ठ भन्दापनि कोहि जानेका पुरोहितलाई भन्न लगाएको भए राम्रो हुने थियो । चन्द्रागिरीको यो विज्ञापन सुनेका / हेरेका दर्शक / स्रोताले आगामी पुष-माघमा पढ्ने स्वस्थानी ब्रतकथामा यो तथ्य नभेटिएपछी के सोच्लान् ? पैसा कमाउने धुनमा चन्द्रागिरी हिल्सले स्वस्थानी माताकै व्यापार गरेको छ ।  
२. सतीदेवीको भाल अर्थात निधार पतन भएर उत्पति हुनुभएका महादेवको सक्कली मुर्तिनै विज्ञापनमा देखाइएको छैन । इक्षापुरेश्वर महादेवलाई देखाएर चंद्रागीरिले धर्मका नाममा व्यापार गरिरहेको छ भने अर्को तर्फ भालेश्वर महादेवको सक्कली स्वरूपप्रति जनताको आँखामा छारो हाल्ने प्रयास गरिएको छ।

चन्द्रागिरी निकै राम्रो ठाउँ हो । मनोरंजनका लागि यो राम्रो विकल्प पनि हो । तर ममका डल्लाहरुको व्यापार गर्ने नाममा धर्ममाथि यति गलत प्रचार गर्न पाइन्छ ? स्वस्थानी ब्रतकथा सम्बन्धी नक्कली पुस्तकहरु बजारमा आउँदा समेत बिरोध भएको थियो । तर खानदानीहरुले गरेको यो झुटको व्यापारबारे कोहि बोलेको छैन ।   ‘लेट्स गो भालेश्वर महादेव’ भन्ने उल्लेख गरिएको बेलापनि चन्द्रागिरी हिल्सले झुट बोलेको छ । ‘भालेश्वर मन्दिर दर्शन गर्न जाउँ’ भनी उल्लेख गरिएका बेला भालेश्वर नभई इक्षापुरेश्वरको मन्दिर देखाइएको छ । विज्ञापनभर कतै पनि सक्कली भालेश्वरको स्वरूप देखाइएको छैन ।
विज्ञापनको अत्न्यमा मह जोडीले भनेका छन्, ‘हुन्छ पूरा, चिताएको कुरा’ । तर यो विज्ञापन हेरेर चन्द्रागिरी परिसरमा जाने जो कोहिले सक्कली भालेश्वरको मुर्ति नै नदेख्ने सम्भावना छ । त्यसो गर्दा सबैको इक्षा पूरा गर्ने भन्ने विश्वास लिईएको मूर्तिकै दर्शन नगरी इक्षा कसरी पूरा होला र ? मह जोडी विज्ञापन खेलेर पैसा कमाउने नाममा चन्द्रागिरी हिल्स लिमिटेडको ठगी धन्दाको मतियार बनेका छन् ।       

स्वस्थानी ब्रताकथामा के छ ? हेर्नुहोस् सतीदेवीको अंगहरु पतन हुन सुरु भएदेखि पतन भएर सकिएको प्रसङ्गसम्मका स्वस्थानी ब्रतकथाका पूर्ण अध्याय जस्ताको त्यस्तै :
 
 
 
यसबारे के भन्छ चन्द्रागिरी हिल्स ?
यसबारे बुझ्न हामीले चन्द्रागिरी हिल्स लिमिटेडका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गरेका थियौं । उनले आफुलाई चन्द्रागिरीको भालेश्वर महादेवका बारेमा केहि पनि थाहा नभएको र चन्द्रागिरी हिल्स लिमिटेडका निर्देश अम्बिका पौडेललाई सम्पर्क गर्न भने । हामीले अम्बिका पौडेललाई सम्पर्क गर्दा पौडेलले आफुलाई भगवानका विषयमा नासोधिदिन आग्रह गरे । ‘चन्द्रागिरी हिल्सले गलत गरेको छ । कम्पनीको कोहि त बोल्नु पर्यो नि !’ भन्ने हाम्रो प्रश्नमा उनले राजु पौडेललाई सोध्न आग्रह गरे । हामीले उनलाई त केहि पनि थाहा छैन रे भनेपछि पौडेलले भने, ‘सुचना अधिकारीले केहि पनि थाहा छैन भन्न मिल्छ ?’   

चन्द्रागिरी हिल्स लिमिटेडसम्बन्धी यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: