- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५७ हजार २ सयमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ५६ हजार ८ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।