
काठमाडौं – सर्वसाधारण नागरिकहरु सामान्य रोग झाडापखाला, ज्वरो जस्तो सामान्य उपचार नपाएर ज्यान गुमाउनु पर्ने हाम्रो देशमा नेताहरुले भने करोडौं उपचार खर्च लिएर विदेश भ्रमण गर्दै अाएका छन् ।
सामान्य रोगको उपचार नपाइ बर्षेनी कैयौ नागरिकहरुको मृत्यु भइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपचारको लागि बैंकक जाँदै छन् । अध्यक्ष ओलीले उपचारको नाममा अहिलेसम्म १७ करोड भन्दा बढी रकम लिइसकेको खुलासा भएको छ ।
विभिन्न मितिमा गरी ओलीले उपचारको नाममा १७ करोड ६६ लाख रुपैयाँ राज्यको ढुकुटीबाट लिइसकेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४ साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कात्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार रुपैयाँ ओलीले लिएका छन् ।
त्यसैगरी २०७२ कात्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ राज्यको ढुकुटीबाट उपचार खर्च लिएका छन् ।
तर, जाजारकोट र जुम्लामा रोगले महामरीको रुप लिँदा समेत सरकारले ठोस पहल गरेको छैन । जनप्रतिनिधिहरुले पनि फेसबुकमा समवेदना लेख्नेबाहेक केही गर्न सकेका छैनन् ।
यो पटकको भ्रमणमा कति लिने हुन् विवरण अाउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्