
बागलुङ – बागलुङमा माओवादी र काँग्रेस कार्यकर्ताबीच सामान्य विवाद हुँदा तनाब श्रिजना भएको छ । बिहे भोजमा सहभागी उनीहरुबीचको सामान्य विवादले झडपको रुप लिंदा माओवादीका एक केन्द्रीय सदस्य गम्भीर घाइते भएका छन् ।
बागलुङको निसीखोलामा राजनीतिक कुराकानीका क्रममा विवाद हुँदा कांग्रेस कार्यकर्ताको कुटाइबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशल बुढा मगर गम्भीर घाइते भएका हुन्।
मदिराले मातेका निसीखोला गाउँपालिका-६ भल्कोटका काँग्रेस कार्यकर्ता लालकुमार बुढाले एकाएक सोही ठाउँका बस्ने माओवादीका केन्द्रीय सदस्य बुढा मगरको टाउमा ढुंगाले प्रहार गर्दा उनि गम्भीर घाइते भएका हुन्।
बुढाको निधार र दाहिने हातमा गम्भीर चोट लागेको निसीखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए। आक्रमणकारी लालकुमार बुढा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र घाइते कुशल बुढा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य हुन्।
घाइते बुढाको स्थानीय आशा मेडिकलमा उपचार भइरहेको छ । मंगलबार राति १० बजे उक्त घटना भएको प्रहरीले जनाएको छ।
भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको बिहे भोजमा गएका उनीहरुबीच राजनीतिक विषयमा कुराकानी गर्ने क्रममा सामान्य विवाद हुँदा लालकुमारले एक्कासि ढुंगा हानेका प्रत्यक्षदर्शी बेलबहादुर बुढाले बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्