
काठमाडौं – वृद्धभत्ता पाउने उमेर घटाएको भन्दै अालोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्णय गरेका छन् ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता दिने निर्णय गरेका छन् । अहिले दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउँदै अाएका छन् ।
सरकारले दिर्घकालिन प्रभाव पार्ने निर्णय गरेको भन्दै नेकपा एमालेले अौपचारिक रुपमै खारेज गर्ने बताइरहँदा देउवाले भाकाभक निर्णय गरिरहेका छन् ।
प्रधानमन्त्रीले अाफूले जनतासँग गरेको प्रतिपद्धता पूरा गरेको बताउँदै अहिलेका निर्णय मन नपरे अाउने सरकारले खारेज गर्न सक्ने समेत बताएका छन् । अहिलेका सबै निर्णय अाउने सरकारले उल्ट्याउन भने गारो हुनेछ । त्यसले असन्तुष्टी बढ्नेछ ।
यसअघि सरकारले ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरिसकेको छ। हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्र वृद्धभत्ता पाउने गरेका थिए। वृद्धभत्ता वापत मासिक दुई हजार रुपियाँ दिने गरिएको छ।
बुधबार साँझ बसेको क्याबिनेट बैठकले भूकम्पपीडित तथा बाढीपीडितहरुलाई थप १ लाख अनुदान दिने निर्णय पनि गरेको छ । चुनावपछि कामचलाउमा परिणत भएको भनिएको सरकारले यी निर्णयहरू गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्