×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता दाहालद्वारा पार्टी परित्याग ! यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी नेता दाहालद्वारा पार्टी परित्याग ! यस्तो छ कारण

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माओवादी नेता हरी दाहालले पार्टी परित्याग गर्ने भएको छ । माओबादी र एमाले दुवै पार्टीमा  एकताकाे तयारी भइरहेका बेला मओवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ एकपछि अर्काे धक्का लागिरहेकाे छ । माअाेवादीका नेताहरू भकाभक पार्टी परित्याग गर्न थालेका छन् ।
माओवादी केन्द्रका चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा बुझाएकाे रहस्य वाहिरिएकाे कहि दिनमै अर्का पोलिटव्युरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बुधवार साझ सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अब माओवादी केन्द्रमा नरहने घोषणा गरेका हुन् ।
बुधवार दिउसो पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलाई समेत भेटेर पार्टी छोडने जानकारी गराएका थिए । दाहाल सहिद परिवार हुन । उनले दोरम्बामा आफ्ना जीवन संगिनी अम्बिका दाहाल गुमाएका थिए ।
राष्ट्रिय सभा निर्वाचनमा उनकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाए पनि अन्तिममा एमालेसँगको एकता टुट्ने भन्दै फिर्ता लिन लगाएपछि उनी असन्तुष्ट बनेका थिए । ‘हरी दाहाल अब माओवादी केन्द्रमा नरहने अन्तिम निर्णय गर्न बाँकी’ उनले लेखेका छन् । पार्टी एमालेमा बिलय हुने निश्चित भएपछि माओवादीका नेता कार्यकर्ताहरू लगातार पार्टी परित्याग गरिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी