
काठमाडौँ – नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादी केन्द्रको भागमा गृहसहित ७ वटा मन्त्रालय भाग लागेको छ । त्यस्तै एमालेका भागमा ११ वटा मन्त्रालय परेको छ ।
माओवादी केन्द्रको भागमा गृह, उर्जा जलविद्युत तथा नविकरणीय, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषी, सिँचाइ खाद्य सुरक्षा सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय भागमा परेको छ ।
एमालेको भागमा अर्थ तथा योजना, रक्षा, भौतिक पूर्वाधार यातायात, सूचना सञ्चार तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा खेलकुद तथा संस्कृती, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन तथा न्याय संसदीय मामिला, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय परेको छ ।
माओवादी नेतृत्वले गृह र अर्थ एमालेले दिने सहमति गरेपछि माओवादीमा चर्को विरोध भएको थियो । दोस्रो पुस्ताका नेताहरुले गृह कुनै पनि हालतमा एमालेलाई नदिन दबाब दिएपछि गृहमन्त्रालय माओवादी केन्द्रको भागमा परेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्