
- अर्थ सरोकार सम्बाददाता
सीआइबीले एनसीसी बैंकमा छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।
एपेक्स डेभलोपमेन्ट बैंकसँग मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको बताइएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार ३० भन्दा बढी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।
यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको समाचार अर्थ सरोकारले सार्वजनिक गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ । घटना भएको डेढ बर्ष पछी बैंकमा छापा मारेको हो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्