
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ- आफुलाई ठुलो इन्सुरेन्स कम्पनी दावी गर्ने आइएमइ जनरल इन्सुरेन्स कम्पनीले १ हजार रुपैयाँको लोभमा कानुनको धज्जी उडायो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । कम्पनीले १ हजार रुपैयाँको लोभमा गैरकानुनी लोगो प्रयोग भएको बोर्ड परिवर्तन नगर्दा कम्पनीले प्रचलित ट्रेडमार्क कानुनको धज्जी उडाएको छ ।
प्रसङ्ग कम्पनीले आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्हको हो । नेपालको प्रचलित ट्रेडमार्क सम्बन्धि कानुनअनुसार कम्पनीले अहिले यसरी आफ्नो लोगोमा उक्त चिन्ह राख्न पाउँदैन । यस विषयमा अर्थ सरोकार डटकमले विशेष सामाग्री प्रस्तुत गरेपछी कम्पनीले नयाँ सामाग्रीहरुमा उक्त चिन्ह हटाएर आफ्नो गल्ती सच्याएको थियो । तर भएका बोर्डहरु कतै नहटाएर त कतै सेतो कागजले छोपेर कम्पनीले ट्रेडमार्क कानुनको धज्जी उडाएको छ । आफुले गरेको काम गैरकानुनी भएको थाहा पाउँदा पाउँदै पनि १ हजार रुपैयाँको लोभ गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालको ठाडो आदेशमा कम्पनीले गैरकानुनी काम गरिरहेको छ ।

शनिबार कोटेश्वरमा कम्पनीको कार्यालयको पछाडी देखिएको दृश्य
कतै सेतो स्टिकरले छोपियो कतै वास्तै गरिएन !
नियम अनुसार कम्पनीले आफ्नो लोगोमा रजिष्टर्ड चिन्ह राख्न् योग्य भइसकेको छैन । यस विषयमा अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि कम्पनीले बोर्डलाई हटाउनुको सट्टा अधिकांस ठाउँमा प्रयोग गर्न नमिल्ने चिन्हमा सेतो स्टिकर टाँसेको थियो । तर कानुन बमोजिम यस्तो गर्न पनि नपाइने जानकारहरुको भनाइ छ । ‘आफ्नो भिजिटिङ कार्डमा नामको अगाडी डाक्टर लेख्ने अनि डाक्टरचाहिं केरेर हुन्छ र ? एउटा बोर्ड बनाउन कमिसनमा नखेल्ने हो भने बढीमा १००० रुपैयाँ पर्छ । त्यतिको लोभ गरेर किन यस्तो रबैया ?’ ट्रेडमार्क सम्बन्धि कानुनका एक बिज्ञले अर्थ सरोकार डटकमसँग भने । यसबारे हामीले कम्पनीका अध्यक्ष ढकाललाई सम्पर्क गर्न खोज्दा उनले हाम्रो फोन उठाएका छैनन् । फोन नउठाएपछी हामीले उनलाई पटक पटक एसएमएस गर्दा पनि उनले ‘रिप्लाई’ दिएका छैनन् । कम्पनीले बनेपा, जावलाखेल लगायतका दर्जनौं ठाउँहरुमा गैरकानुनी लोगो प्रयोग गरेको बोर्ड झुन्ड्याएको छ । ती बोर्डहरुलाई सच्याउनुको सट्टा कम्पनीले बोर्डमा सेतो स्टिकर टाँसेर जनता झुक्याउने र कानुनको खिल्ली उडाउने काम गरेको छ ।

शनिबार कार्यालयको अगाडी पट्टी देखिएको दृश्य जहाँ गैरकानुनी चिन्हलाई सेतो स्टिकरले छोपिएको छ ।
भएको के हो ? हुनु पर्ने के हो ?
हालका लागि कम्पनीले आफ्नो लोगोमा ® चिन्ह राख्नै पाउँदैन । कम्पनीले प्रयोग गरेको यो लोगोमा उसले रजिष्टर्ड चिन्ह राख्ने हैसियत वा अनुमति पाएको छैन । ट्रेडमार्क दर्ता नै नभई कुनै लोगोमा ® चिन्ह राख्नु अन्तराष्ट्रिय रुपमै वौद्धिक सम्पत्तिमाथिको हस्तक्षेपको रुपमा मानिन्छ । अन्तराष्ट्रिय अभ्यासमा यस्तो काम गर्नेलाई कारवाही समेत गर्ने चलन छ । नेपालमा पनि दर्ता प्रक्रियाको झन्डै एक बर्षपछी मात्र यो चिन्ह आफ्नो लोगोमा राख्न पाइन्छ । अझ कतिपय देशमा त दर्ता भएको ७ बर्ष पछी मात्र TM को ठाउँमा ® चिन्ह प्रयोग गर्न पाइन्छ । नेपालको हकमा यो अवधि झन्डै १ बर्षको छ । नेपालमा पनि पावर र पैसाको राज नचल्ने हो भने आइएमइ जनरल इन्सुरेन्सको यो कदमका लागि उद्योग विभागले कारवाही गर्नुपर्ने हो । रजिष्टर्ड ट्रेड मार्क चिन्हको दुरुपयोग गरेमा कस्तो कारवाही गर्ने भन्ने विषयमा नेपालमा समेत स्पष्ट कानुन छ । यसरी नेपालको कानुन मान्ने हो भने ट्रेडमार्क दर्ताको प्रक्रिया सुरु गरेर दावी विरोधका लागि दर्ता भएको खण्डमा एक बर्षसम्म कम्पनीले आफ्नो लोगोमा TM चिन्ह राख्न पाउँछ । त्यो बीचमा कसैको दावी विरोध पर्यो भने उसले उक्त लोगो गुमाउनुपर्छ । कसैको दावी विरोध परेन भने TM लेखेको एक बर्षपछी उसले ® चिन्ह प्रयोग गर्न पाउँछ । तर आइएमइ जनरल इन्सुरेन्स कम्पनीले नयाँ नामसहितको संचालनको पहिलो दिन नै ® चिन्ह चिन्ह राखेर लोगो सार्वजनिक गरेको छ । जुन सरासर गैरकानुनी हो ।
उद्योग विभागमै सेटिङ ! बदनाम हुँदै कम्पनी !
यसो त यस विषयलाई लिएर उद्योग विभागले कम्पनीलाई कारवाही गर्ने कुरा पनि उठेको थियो । तर कम्पनीका अध्यक्ष हेमराज ढकालको सक्रियतामा उद्योग विभागका कर्मचारीहरुलाई समेत घुस खुवाएर कारवाही प्रक्रिया रोकिएको कम्पनीकै उच्च अधिकारीहरुको दावी छ । समरण रहोस् अख्तियारले ट्रेडमार्ककै इस्युमा घुस खाँदा यसअघि त्यहाँका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो ।
यता एनबी समूहलाई फकाएर कम्पनीको नाम आइएमइ जनरल इन्सुरेन्स राख्न सफल भएपनि कम्पनी नयाँ नाममा बदनाम हुँदै गएको छ । हेमराज ढकालको मक्खीचुस बानी र कानुनको धजी उडाईएपछी कम्पनी बदनाम हुँदै गएको हो । ट्रेडमार्क सम्बन्धि गलत लोगो छापेर थुप्रै प्रचार प्रसार गरेको कम्पनीलाई राजनीतिक आडका भरमा कसैले कारवाही गर्न सकेको छैन । यसअघि कम्पनीले गरेको गैरकानुनी धन्दाका विषयमा एक अर्को कम्पनीले मुद्धासमेत हाल्ने तयारी गरेको थियो । तर उक्त कम्पनीलाई पनि पैसा दिएर मिलाइएको स्रोतको दावी छ ।
यता कम्पनी भने यसबारेमा बोल्न मानिरहेको छैन । कम्पनीका तर्फबाट होर्डिङ बोर्डको काम गर्ने कम्पनीले इन्सुरेन्स कम्पनीलाई दोष दिँदै केहि गर्न नसक्ने भन्दै सेतो स्टिकर टाँसीरहेको छ भने कम्पनीले समेत केहि हजारको लोभमा गलत काम गरिरहेको छ । अझ अचम्मको कुरा त के छ भने आफुले गरेको काम गैरकानुनी काम भएको थाहा पाउँदा पाउँदै पनि कम्पनीले त्यसलाई सच्याउनु भन्दा विभिन्न अनलाइन, तथा पत्रपत्रिकामा त्यसको विज्ञापन गरिरहेको छ । यसले कम्पनी देशको कानुनलाई कतिसम्म लत्याउँछ र ठुलो घरानाको व्यापारी भएकै कारण कम्पनीका अध्यक्षले कानुनलाई कसरी हातमा लिन्छन् भन्ने प्रमाणित भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्