Skip to content
LAXMI SUNRISE BANK

नेपाल सिइओ समिटको तयारी पुरा, भोली देशले पहिलो सिइओ अफ दि इयर पाउने

अर्थ सरोकार

काठमाडौँ – नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी पुरा भएको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
भोली काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागीता रहने छ । बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा नेपालको अगामी आर्थिक बिकास, लक्ष्य र रणनितीका बारेमा छलफल हुनेछ ।
यता, कार्यक्रममा पहिलो पटक नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ । नेपालको अर्थ जगतमा कृयाशिल कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको प्रतिस्पर्धा रहेको अवार्डको अन्तिम छिनोफानो हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाको भने आमजनताबाट आएको अनलाईन तथा मोबाइल एसएमएसले नतिजा तय गर्ने आयोजकले जनाएको छ । अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ । 
आफुलाई मन परेको ब्यक्तीलाई भोली साँझ ५ बजे सम्म अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत ऋभ्इ स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१ मा एस.एम.एस. गर्न सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK