
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिटिजन लाइफ इन्सुरेन्समा कार्यरत कर्मचारी नक्कली बिमा पोलिसी बेचेको आरोपमा पक्राउ परेका छन् । प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा हुँदा सो कम्पनीका नाममा नक्कली बिमा पोलिसी विक्री जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । हानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिए अनुसार उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेका थिए । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।
यता प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव राजनप्रसाद अधिकारीले सो घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको बताएका छन् । ‘उनले ६ महिना अघि हाम्रो कम्पनी छाडेका थिए । अहिले उनी सिटिजन्स लाइफमा अभिकर्ताको रूपमा कार्यरत छन् । हाम्रो कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको समिति, मेनपावर कम्पनी र पीडित गोमा बिडारीबाट थाहा पायाैँ । उहाँहरूले जुन नम्बरको पोलिसी जारी गर्नुभएको छ त्यो हाम्रो सफ्टवेयरमा इन्ट्री भएको छैन । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं ।’ उनले भने ।
यता सिटिजन्स लाइफ इन्सुरेन्सले भने यस विषयमा प्रतिक्रिया दिन खोजेन । हामीले यसबारेमा बुझ्न खोज्दा मिडियासँग बोल्ने मान्छे बाहिर गएको र केहि पछि मात्र कल गर्न भन्दै कम्पनीका कर्मचारीले फोन राखेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्