×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानुन निमुखालाई मात्र लाग्ने हो ? ‘गैरकानुनी’ कामका मतियार यी ‘कथित भीआइपी’लाई किन कार्वाही हुँदैन सरकार ?

  • समाचार टिप्पणी 
माथि तस्विरमा देखाइएका व्यक्ति हेमराज ढकाल हुन् । हाल आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका अध्यक्ष । अझ सटिक रुपमा बुझाउनु पर्दा चन्द्रागिरी हिल्स र आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालका भाइ । अझ परिचय प्रष्ट पार्नुपर्दा यस्ता ‘कथित भीआइपी’ जसले यो देशमा जे गर्दा पनि कानुन लाग्दैन । उनलाई यो देशमा चन्द्र ढकालको भाइ भएकै कारण होस् वा पैसावाल व्यापारी भएकै कारण होस्, कसैले छुन सक्दैन । बजारमा उनले जे गरेपनि  हुन्छ । र कानुन निमुखालाई मात्र हो, उनीजस्ता ठालुलाई लाग्दैन भन्ने प्रमाणका साक्षी पनि ।
किन कारवाही हुन्न हेमराज ढकाललाई ?
प्रसङ्ग देशको ट्रेडमार्क कानुन मिचेर पनि मिच्न नछोडेका यी कथित भीआइपी हेमराज ढकालको नै हो । एनबी इन्सुरेन्सको नाम परिवर्तन गर्दा उनले आइएमइ जनरल इन्सुरेन्स कम्पनीको लोगोमा गैरकानुनी ट्रेडमार्क प्रयोग गरे । सुन्दा सानो लागेपनि यो ठुलो कर्पोरेट अपराध हो । पीएचडी  नगरी वा एमबीबीएस नसकी नामको अगाडी डा. झुन्ड्याएजस्तै हो । त्यतिकै ट्रेडमार्क चिन्ह प्रयोग गर्न पाउने भए किन कानुन बनाउनु पर्थ्यो र ? तर उनले गैरकानुनी चिन्ह प्रयोग गरेर पत्रिकामा छापेनन् मात्र उक्त कामबारे अर्थ सरोकारले पटक पटक फलोअप गरेपछि कहीं त्यो काम सुधारेजस्तो गरेर अझै पनि गैरकानुनी काम गर्दै देशको कानुनमाथि धावा बोलेका छन् । सायद उनलाई म कानुनभन्दा माथि छु भन्ने लाग्दो हो ।      
प्रासङ्ग कम्पनीले आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्हको हो । नेपालको प्रचलित ट्रेडमार्क सम्बन्धि कानुनअनुसार कम्पनीले अहिले यसरी आफ्नो लोगोमा उक्त चिन्ह राख्न पाउँदैन । तर भएका बोर्डहरु कतै नहटाएर त कतै सेतो कागजले छोपेर कम्पनीले ट्रेडमार्क कानुनको धज्जी उडाएको छ । आफुले गरेको काम गैरकानुनी भएको थाहा पाउँदा पाउँदै पनि १ हजार रुपैयाँको लोभ गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालको ठाडो आदेशमा कम्पनीले गैरकानुनी काम गरिरहेको छ । 
यसो त पैसा भएपछी यो देशमा जसले जे गर्न पनि मिल्छ सायद, कम्पनीको यस्तो गैरकानुनी कामका प्रति उद्योग विभाग केहि बोलेको छैन । अरु बेला मिडियासंग खुलेआम बोल्ने विभागका प्रवक्ता यहि केशमा भागीरहेका छन् । हेमराज ढकालको त कुरै छाडौं, उनलाई त हामीले कति पटक प्रतिक्रिया लिन खोज्यौं, खोज्यौं । तर आफ्नो दादागिरी देखाउन पल्किएका ढकालले हाम्रो कुरा सुन्ने कुरै भएन ।    
शनिबार कोटेश्वरमा कम्पनीको कार्यालयको पछाडी देखिएको दृश्य 
भएको के हो ? हुनु पर्ने के हो ?
हालका लागि कम्पनीले आफ्नो लोगोमा ® चिन्ह राख्नै पाउँदैन । कम्पनीले प्रयोग गरेको यो लोगोमा उसले रजिष्टर्ड चिन्ह राख्ने हैसियत वा अनुमति पाएको छैन । ट्रेडमार्क दर्ता नै नभई कुनै लोगोमा ® चिन्ह राख्नु अन्तराष्ट्रिय रुपमै वौद्धिक सम्पत्तिमाथिको हस्तक्षेपको रुपमा मानिन्छ । अन्तराष्ट्रिय अभ्यासमा यस्तो काम गर्नेलाई कारवाही समेत गर्ने चलन छ । नेपालमा पनि दर्ता प्रक्रियाको झन्डै एक बर्षपछी मात्र यो चिन्ह आफ्नो लोगोमा राख्न पाइन्छ । अझ कतिपय देशमा त दर्ता भएको ७ बर्ष पछी मात्र TM को ठाउँमा ® चिन्ह प्रयोग गर्न पाइन्छ । नेपालको हकमा यो अवधि झन्डै १ बर्षको छ । नेपालमा पनि पावर र पैसाको राज नचल्ने हो भने आइएमइ जनरल इन्सुरेन्सको यो कदमका लागि उद्योग विभागले कारवाही गर्नुपर्ने हो । रजिष्टर्ड ट्रेड मार्क चिन्हको दुरुपयोग गरेमा कस्तो कारवाही गर्ने भन्ने विषयमा नेपालमा समेत स्पष्ट कानुन छ । यसरी नेपालको कानुन मान्ने हो भने ट्रेडमार्क दर्ताको प्रक्रिया सुरु गरेर दावी विरोधका लागि दर्ता भएको खण्डमा एक बर्षसम्म कम्पनीले आफ्नो लोगोमा TM चिन्ह राख्न पाउँछ । त्यो बीचमा कसैको दावी विरोध पर्यो भने उसले उक्त लोगो गुमाउनुपर्छ । कसैको दावी विरोध परेन भने TM लेखेको एक बर्षपछी उसले ® चिन्ह प्रयोग गर्न पाउँछ । तर आइएमइ जनरल इन्सुरेन्स कम्पनीले नयाँ नामसहितको संचालनको पहिलो दिन नै ® चिन्ह चिन्ह राखेर लोगो सार्वजनिक गरेको छ । जुन सरासर गैरकानुनी हो ।
सानाले यहि गल्ती गरेको भए… ?
भन्नै पर्दैन । सानाले यो गल्ती गरेको भए, उसलाई ठुलो सजाय हुन्थ्यो । तर हेमराज ढकाललाई कानुन नलाग्ने यो देशमा उनी कानुनभन्दा माथि छन् सायद । कसैले चुँइक्क बोल्न पाउँदैन । उनलाई जे गर्न पनि छुट छ सायद । अनि यो देशको सरकार तीनै कानुन नमान्ने मतियारका दाजुलाई आफुसंगै विदेश भ्रमणमा लैजाँदा भाइको कर्तुत थाहा नपाएजस्तो गर्छ । थाहा छैन किन !   अव त एक होइन, जन-जनले सोध्न थालिसके, ‘गैरकानुनी’ कामका मतियार यी ‘कथित भीआइपी’लाई किन कार्वाही हुँदैन सरकार ?   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: